साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वायत्त जँड्याहत राज्य

जँड्याहाहरूले पनि निर्धक्क जाँडखान पाउनुपर्यो, नेताज्यू । त्यसैले नेताज्यू, भट्टीपसलजत्ति सप्पै समेटेर तर जँड्याहाराज्य घोषणा गरिदिनुपर्यो। पर्यो भनेपछि पर्योपर्यो।

Nepal Telecom ad

विश्व शाक्य :

कतैकतै मुग्लिङ बजारजस्तो, कतैकतै बसन्तपुर दरबारचोकजस्तो, कतै डाँडाकाँडा, कतै समथर फाँट । मान्छेहरू भन्छु एउटै मान्छे छैन । कोही आफूलाई नेवार, बाहुन, क्षेत्री भन्छन्, कोही आफूलाई तमु, मगर, किराँत भन्छन्। कोही पहाडिया, कोही मधिसे, आआफ्ना भेषभूषा र धर्म, भाषाका समूहसमूहहरू । मान्छे त कता हो कता ? कहीं यता तानातान, कहीं उता हानाहान । के हो, के हो ? यस्तै भन्नै नसकिने ।

झलक्क लाग्छ, यो मुग्लिङ बजार नै हो । आजभन्दा ३०/३५ वर्षअगाडि पृथ्वीराजमार्गको बाटो काठमाडौं जाँदा, आउँदा मुग्लिङ बजारमा भात ख्वाउन बस रोक्थे । उनताका बस रोक्नेबित्तिकै भात खान यता आउनुहोस्, यता आउनुहोस् भनेर बसका यात्रुहरूलाई पाखुरा समातेर तानातान गर्थे ।

अहिले यहाँ पनि यस्तै भइरहेको छ। घरी उसले तान्छ लौ हाम्रो राज्य घोषणा गरिदेऊ भन्छ, घरी त्यसले तान्छ लौ हाम्रो राज्य घोषणा गरिदेऊ भन्छ । यतै पनि तानातान उतै पनि तानातान । घरी उसको भेषभूषा नौ लगायो, उसैको राज्य घोषणा गरिदियो, घरी त्यसको भेषभूषा लगायो, त्यसैको राज्य घोषणा गरिदियो। क्या मज्जा । मानौं ऊ पुतला हो जसले जे लगाइदियो लगायो, जसले राजे बोल भने बोलिदियो, बस् । उस्तैपरे ‘कि लाऊ माया उहीतिर, कि लाऊ माया मैतिर, नलाऊ माया दुईतिर’ भनेर कम्मर भाँचीभाँची नाच्न पनि भ्याएकै छ ।

यस्तै भीडको तानातानमा ५/७ जना जँड्याहाहरू ढुनमुनिंदै भीडमा ठेलमठेल गर्दै पसे । राज्य घोषणा गरिदिनेको दुवै हात च्याप्प समातेर मातेको बोलीमा भन्न थाले- ‘नयाँ नेताहरूले पृथ्वीनारानको सालिक किन भत्काएका होलान् भनेको त जो सप्पैलाई राज्य पुऱ्याउन पो रहेछ हेँ हेँ…। त्यस्तो था’पाको भए एक दुइटा सालिक त हामी पनि भत्काइदिन्थ्यौँ ला…. सप्पैले आफ्नो आफ्नो जातअनुसार राज्य पाए। हामी जँड्याको पनि राज्य हुनुपर्यो। स्वास्नीहरूले हामीलाई मान्छे नै गनेनन् हेँ हेँ…! जँड्याहाहरूले पनि निर्धक्क जाँडखान पाउनुपर्यो, नेताज्यू । त्यसैले नेताज्यू, भट्टीपसलजत्ति सप्पै समेटेर तर जँड्याहाराज्य घोषणा गरिदिनुपर्यो। पर्यो भनेपछि पर्योपर्यो।’ नभन्दै कुनचाहिँ जँड्याहाले अलि अग्लो ठाउँमा उभिएर ‘यो सेरोफेरो सब्वै मेरो’ भनेर ‘जँड्याहत’ राज्य घोषणा गर्याे । टररर ताली बज्यो ।

तालीको गड्गडाहटमा झसङ्ग भएर यो कानुकान्छा त ब्यूँझिहाल्यो। ज्या ऽऽ..। यसलाई सपना भन्ने हो कि विपना, के भन्ने हो ? यस फुट्या आँखाले कत्ति भेउ पाउन सकिएको छैन ।

०००
२४ पुस २०६६
फुट्या आँखा (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x