ढाकामाेहन बरालरंगमञ्चका चटकेहरू
नौटङ्कीहरू, लोभी हातले समाउँछ्न् पापी आँखा गाड्छ्न् धमिलो बनाउँछ्न् मैलो र फोहोर बनाउँछ्न् दुर्गन्धित बनाउँछ्न् र उल्टो बगाउन खोज्दछ्न् लोकतन्त्रको गङ्गा ।
ढाकामोहन बराल :
रंगमञ्चमा एकजना चटके आउँछ
हात हल्लाउँछ, थोत्रा गाला बजाउँछ
एक थरीको हड्डी हाँस्छ,
अर्को थरीको मुटु घोच्दछ ।
अर्को पटक
अर्को चटके आउँछ
उसै गरि
थोत्रा गाला बजाउँदै
हात हल्लाउँदै
तर
यसपटक
पहिला
हड्डी हाँस्नेको
मुटु घोच्दछ
मुटु घोचेकाको
हड्डी हाँस्छ ।
निरन्तर पालै पालो
रंगमञ्चमा
चटकेहरू
आईरहन्छ्न्
गईरन्छ्न् ।
कहिले कसैको हड्डी हाँस्छ,
कहिले कसैको
मुटु घोच्दछ ।
बोल्ने उस्तै हुन्छ्न्
सुन्ने त्यस्तै त्यस्तै हुन्छ्न्
बोल्नेले नबोले नि हुन्थ्यो
सुन्नेले कुरा नबटारे पनि हुन्थ्यो
तर
रंगमञ्चमा बोलेर थाक्दैनन्
चटकेहरू
कुरा बटार्न छोड्दैनन् ।
नौटङ्कीहरू,
लोभी हातले समाउँछ्न्
पापी आँखा गाड्छ्न्
धमिलो बनाउँछ्न्
मैलो र फोहोर बनाउँछ्न्
दुर्गन्धित बनाउँछ्न्
र उल्टो बगाउन खोज्दछ्न्
लोकतन्त्रको गङ्गा ।
०००
पोखरा, कास्की
Subscribe
Login
0 Comments
Oldest






































