साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नहेरे पनि देखिन्छ !!

नहेरे पनि देखिन्छ उम्लेका दुधको घर निमिट्यान्न छ नामेट मिसिने मृत्तिका पर ! आउने हुन्छ त्यो बाटो जाने हुन्छ त्यहीँनिर कसरी मात्र हो भिन्न भयावह कहाँ छ र ??

Nepal Telecom ad

कलानिधि दाहाल :

वर्षा ज्यादा भएको छ लिएझैँ घुसका बिटा
नेताका घर कन्तूर बाहिर जल बाछिटा !
रोक रोक न रोकिन्छ बिग्रेझैँ राजनीति यो
जनता छन् सबैतर्फ निरीह हीनभित्रको !!

वर्षाले झर्नु नै पर्छ भए ज्यादा घडाभर
नेताले झुक्नु नै पर्छ छ खल्ती जनको कर !
नडराई लिई बाटो जसरी झर्दछन् झरी
उम्लिएका सबै नेता जान्छन् बाढी बहेसरि !!

थाक्छ यो जलको शक्ति सीमापार पुगेपछि
अन्याय अघि नै थाक्छ दृश्यधार पुगेपछि !
देखिए दुइटै दृश्य थाकुञ्जेल मनोगति
थाक्छन् थाक्छन् दुवै थाक्छन् थाक्नेको छ अधोमति !!

शान्त शालीन सन्नाटा सौन्दर्य समसृष्टिको
मादउन्माद उल्लास जमात समसृष्टिको !
एक उच्छालमा उठ्दा अर्को देखिन्छ यो तल
चुपचाप हुने मात्र कहिल्यै हुन्न दुर्बल !!

प्रतीक्षा पलको मात्र पाला टल्पल छन् पल
नियामक हुने हुन्छन् अदृश्य दृश्यका स्थल !
देखिँदा लाग्छ अग्लेका सत्तापामरझैँ यता
जान्छ घट्छ र देखिन्छ अर्को शक्ति जतातता !!

धैर्यको धार मेटिन्न जत्रा बाढ चढुन् डिल
चरवक्ष बसेको छ कहिल्यै हुन्न थिल्थिल !
हल्ला गर्दैन ऊ हेर्छ सीमोल्लङ्घनको घडी
स्रष्टा नियमको न्याय कहाँ हुन्छ र गड्बडी !!

दायरा जसले तोड्छन् आफ्नै अस्तित्व चुँड्दछन्
चकनाचुर छन् गाडी जो बाटो छाडी गुड्दछन् !
काँध थापी हुने छैन राम नै बोलूँ हुन्न यो
ऊ आफैँ हुन्छ नामेट छ आफैँ छिन्नभिन्नको !!

छाया छन् छवि छन् पाउ छन् पदचाप चापका
इतिहास अझै राम्रा सर्वत्र सहीछापका !
रोकियो जल उन्माद नेता उन्माद खस्दछन्
पर्खूँ पर्खूँ सबै भ्रष्ट जञ्जीरभित्र बस्दछन् !!

नहेरे पनि देखिन्छ उम्लेका दुधको घर
निमिट्यान्न छ नामेट मिसिने मृत्तिका पर !
आउने हुन्छ त्यो बाटो जाने हुन्छ त्यहीँनिर
कसरी मात्र हो भिन्न भयावह कहाँ छ र ??

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x