सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बधाईं छ विचौलिया जी !

वर्षौंदेखि विचौलियाको ताण्डव हेर्ने हामीहरू मौका परे आफैं भेद्ने आफै बन्ने धामीहरू देखेर निश्वास फेरिरहेछौँ कहिले यसलाई कहिले उसलाई हेरिरहेछौँ । जस्तो मादल उस्तै तालमा नाच्नुहोस् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

उहाँ त प्रधानमन्त्री मात्रै भैदिनुभाको हो
राज्य त तपाईंहरूको चल्ने हो
भाग्य त तपाईंहरूको बल्ने हो
अनुदानले झोला भर्ने तपाईंको हो
विदेश भ्रमण चिठ्ठा पर्ने तपाईंको हो
तपाईंले नै पदक पाउने हो
तपाईंकोमै मान्छे धाउने हो
तपाईंले नै धाक धमास र फूर्ती लाउने हो
उहाँ त प्रधानमन्त्री मात्रै भैदिनु भाको हो ।

उहाँ त मन्त्री मात्रै हुनु भाको हो
मौका चैं तपाईंको आको हो
ज्वाईं ससुराली उठाउनुहोस्
मिठो मसिनो जुटाउनु होस्
भन्सारबाट बिना कर माल छिराउनुहोस्
मस्ती आफू गर्नुहोस्
दोषजति उतै भिराउनुहोस्
माल झरुन्जेल पछि लाग्नुहोस्
नझरे अन्तै भाग्नुहोस् ।

वर्षौंदेखि विचौलियाको ताण्डव हेर्ने हामीहरू
मौका परे आफैं भेद्ने आफै बन्ने धामीहरू
देखेर निश्वास फेरिरहेछौँ
कहिले यसलाई कहिले उसलाई
हेरिरहेछौँ
जस्तो मादल उस्तै तालमा नाच्नुहोस्
जस्तो हाल उस्तै कम्मर भाँच्नुहोस्
बधाईं छ विचौलिया जी !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेराे रुख र कालाे चराे

मेराे रुख र कालाे...

खगेन्द्र नेउपाने
चैते धान

चैते धान

खगेन्द्र नेउपाने
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने
हाम्राे आवाज

हाम्राे आवाज

खगेन्द्र नेउपाने
हे सरकार !

हे सरकार !

खगेन्द्र नेउपाने
गाली प्रतियाेगिता गराैँ

गाली प्रतियाेगिता गराैँ

खगेन्द्र नेउपाने
लाज हराएको सूचना !

लाज हराएको सूचना !

भोजराज रेग्मी ‘मुखाले’
साधुलाई शूली, हाम्रो नेपालमा

साधुलाई शूली, हाम्रो नेपालमा

सुभाषचन्द्र देवकाेटा
चक्रव्यूह

चक्रव्यूह

लक्ष्मण नेवटिया
चिनारी

चिनारी

हरिप्रसाद उप्रेती
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
भेडाहरू !

भेडाहरू !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x