साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाईं छ विचौलिया जी !

वर्षौंदेखि विचौलियाको ताण्डव हेर्ने हामीहरू मौका परे आफैं भेद्ने आफै बन्ने धामीहरू देखेर निश्वास फेरिरहेछौँ कहिले यसलाई कहिले उसलाई हेरिरहेछौँ । जस्तो मादल उस्तै तालमा नाच्नुहोस् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

उहाँ त प्रधानमन्त्री मात्रै भैदिनुभाको हो
राज्य त तपाईंहरूको चल्ने हो
भाग्य त तपाईंहरूको बल्ने हो
अनुदानले झोला भर्ने तपाईंको हो
विदेश भ्रमण चिठ्ठा पर्ने तपाईंको हो
तपाईंले नै पदक पाउने हो
तपाईंकोमै मान्छे धाउने हो
तपाईंले नै धाक धमास र फूर्ती लाउने हो
उहाँ त प्रधानमन्त्री मात्रै भैदिनु भाको हो ।

उहाँ त मन्त्री मात्रै हुनु भाको हो
मौका चैं तपाईंको आको हो
ज्वाईं ससुराली उठाउनुहोस्
मिठो मसिनो जुटाउनु होस्
भन्सारबाट बिना कर माल छिराउनुहोस्
मस्ती आफू गर्नुहोस्
दोषजति उतै भिराउनुहोस्
माल झरुन्जेल पछि लाग्नुहोस्
नझरे अन्तै भाग्नुहोस् ।

वर्षौंदेखि विचौलियाको ताण्डव हेर्ने हामीहरू
मौका परे आफैं भेद्ने आफै बन्ने धामीहरू
देखेर निश्वास फेरिरहेछौँ
कहिले यसलाई कहिले उसलाई
हेरिरहेछौँ
जस्तो मादल उस्तै तालमा नाच्नुहोस्
जस्तो हाल उस्तै कम्मर भाँच्नुहोस्
बधाईं छ विचौलिया जी !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x