साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चल्तीको नाम

उहाँ जे भन्नुहुन्छ आँखा चिम्लेर हवस् भन्छु कालो सेतो छुट्टयाउने खतरा मोल्दिनँ यो मेरो प्रिय नाम हस् बहादुर उहाँ आफैले पात्रो हेरेर राखिदिनुभा हो त्यसैले त यो नाम खुब चल्तीमा छ !

Nepal Telecom ad

डा. छायादत्त न्यौपाने :

असल हुनुहुन्छ मेरा मित्र अति असल
उहाँमा नीतिनियम छल्ने गजबको सिप छ
मलाई मन पर्छ तर तपाईं नपत्याउन सक्नुहुन्छ
तपाईंलाई छुट छ उहाँको कला नचिन्न सक्नुहुन्छ
अँ, यो उहाँमा भएको अद्भुत क्षमता जन्मौटे हो रे
यस्तो रहस्यमय विषय थाहा नपाउन मिल्छ तपाईंले
खै ! यतिविघ्न कौशल जो कोहीसँग होला र !
यस्तो अनुपम कर्मशैलीले पसिना खाइदिन सक्ने
अनौठो चतुर्‍याइँले त हो उहाँ सधैं कोटामा पर्ने
कस्तो मजाको मान्छे, काम जति मलाई दिनुहुन्छ
अँ, हो के, अलिकति बाँकी नराखेर दिनुहुन्छ
हो, नढाँटी हाकाहाकी मैलाई दिनुहुन्छ काम
हाम्रो वृत्तको कत्रो बडेमाको त्यागी हो उहाँ
काम भनेपछि पटक्कै लोभ गर्नुहुन्न उहाँ
खै , आजसम्म सिन्को कहाँ भाँच्नुभा छ र ?
उहाँलाई नभई नहुने भनेको त जस हो
उहाँले अलिकति बाँकी नराखेर लिने भनेकै
त्यै एउटा जस मात्र हो मैले गरेँ भन्न पाए भो
हो हजुर मात्रै जस हो उहाँले रिठ्ठा नबिराई लिने
जसबाहेक काम त उहाँलाई क्यै चाहिन्न
कमिसन पनि उहाँको पदअनुसार पर्ने
प्रथम भाग भए, बर्ता केही चाहिन्न
यो उमेर भो उहाँ जस्तो सन्त त्यागी मान्छे त
मैले आजसम्म रगतले फुलेको किर्नोबाहेक
कहिल्यै कतै केही देखेको छैन
सत्य हो हजुर म ढाँट्न जान्दिनँ
मलाई नआउने भनेको साँचो बोल्न हो
यो साँचो बोल्न नआउने मेरो बानी
धेरै पुरानो भा नि छैन है हजुर
भरखर भरखरको अभ्यास हो
उहाँ परम मित्रको सुनौलो उपहार
उहाँको देन अनुसार जति धेरै छलछाम र
धोकाधडी सम्भव हुन्छ त्यसैमा रम्नु पर्छ
झुक्याएर लाभान्वित हुन सिकेका र
मलाई कज्याइरहने परमस्नेही अभिन्न मित्र
त्यसै असल हुनुभा कहाँ हो र हजुर !
मिहिनेतपूर्वक गरिएको कुटिल चाल हो
म पनि त उहाँको वचन हार्न नसक्ने
सिङ पुच्छर नभा लाचार बँधुवा हुँ
उहाँ जे भन्नुहुन्छ आँखा चिम्लेर हवस् भन्छु
कालो सेतो छुट्टयाउने खतरा मोल्दिनँ
यो मेरो प्रिय नाम हस् बहादुर
उहाँ आफैले पात्रो हेरेर राखिदिनुभा हो
त्यसैले त यो नाम खुब चल्तीमा छ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x