साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्छ ! पर्छ !! पर्छ !!!

आयोग बनाउनुपर्छ, प्रतिवेदन तयार गराउनुपर्छ तर फेर्नु हुँदैन । आठ वर्ष भए पनि केही छैन । हामी त आठ सय वर्षसम्म भाषण गरिरहने छौं, ‘हुनुपर्छ ! गर्नुपर्छ !! फेर्नुपर्छ !!!’ तर फर्ने होइन ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

‘वर्तमान शिक्षा प्रणाली अत्यन्त दूषित छ । यसमा आमूल परिवर्तन गर्नुपर्छ ।’ भनेर फलाना नेता या मन्त्रीले फलानो ठाउँमा भाषण गरे भनेर दिनदिनै सुनिन्छ । भारतका राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, राज्यहरूका मन्त्रीहरू, नेता, व्यापारी नेता सबैले यही भन्दै छन्, ‘शिक्षाको पद्धति फेर्नुपर्छ ।’ यो ‘यो फेर्नुपर्छ’ भन्ने कुरो राष्ट्रपतिले पचास पटक, पण्डित नेहरूले दुई सय पटक र प्रत्येक मन्त्रीले कम्तीमा पाँच सय पटक त भने होलान्, ‘फेर्नुपर्छ ! फेर्नुपर्छ !’
तर आठ वर्ष बिते, फेरिएको छैन । कतै घरमा आगो लाग्दा ‘पानी ल्याओ ! पानी ल्याओ !’ भनेर कराउने त धेरै हुन्छन् तर वास्तवमै पानी ल्याउने त एक दुई जना मात्र हुन्छन् । अरू सबै त कराउने मात्र हुन्छन् ।

हाम्रा मन्त्रीहरू पनि यस्तै किसिमका कर्मशील मानिसहरू हुन् । उनीहरू पनि हामीसित भन्न चाहन्छन्, ‘बाबु, हामी त यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर बोल्ने मात्र हौं । हामी गर्दैनौं । यदि गर्ने पनि हामी र भन्ने पनि हामी नै भयौं भने त गडबड भइहाल्छ नि ! काम त बाँड्नुपर्छ । हामी भन्दै गर्छौं र काम अर्कैले गर्नुपर्छ । जसले भन्ने हो उसले गर्नु हुँदैन ।

इमानदारीको उपदेश दिने मान्छेले यदि आफै इमानदारी देखाउन थाल्यो भने गडबडी हुन्छ । सत्यको उपदेश दिनेहरूले मिथ्या बोल्नैपर्छ । अनि यसरी ‘गर्नुपर्छ, हुनुपर्छ र फेर्नुपर्छ’ को घोष घोषित भइरहन्छ । यस उपदेशको धुवाँले गर्दा त निसास्सिनुपरेको छ ।

आखिरमा मेरो मनमा यस्तो प्रश्न उठ्छ ‘शिक्षापद्धति फेर्छ कसले ? शिक्षाको सम्पूणर् व्यवस्था त सरकारले आफ्नै हातमा राखेको छ । विश्वविद्यालयको शिक्षाको सञ्चालन मन्त्री या राज्यपालको कुलपतित्वमा हुन्छ । अनि फेर्छ कसले ? जसले फेर्नुपर्ने हो ऊ ‘फेर्नुपर्छ’ मात्र फलाकिरहन्छ । फेर्नुपर्छ भने किन फेर्दैनौ त ?

तर हुँदैन । फेर्नु हुँदैन । यसरी त गडबडी हुन्छ । यदि फेरियो भने भाषण गर्ने आनन्द नै समाप्त हुनेछ । त्यसैले आयोग बनाउनुपर्छ, प्रतिवेदन तयार गराउनुपर्छ तर फेर्नु हुँदैन । आठ वर्ष भए पनि केही छैन । हामी त आठ सय वर्षसम्म भाषण गरिरहने छौं, ‘हुनुपर्छ ! गर्नुपर्छ !! फेर्नुपर्छ !!!’ तर फर्ने होइन ।

०००
(यो लघु आकारको लेख हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशङ्कर परसाईको ‘परसाई रचनावली ४ को ‘चाहिए ! चाहिए !! चाहिए !!! बाट अनुवाद गरिएको हो । ‘चाहिए’को नेपाली ‘चाहिन्छ वा पर्छ’ दुबै हुन्छ र यहाँ ‘पर्छ’ उपयुक्त छ- अनुवादक ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x