साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजनीति

फटाहाको जगजगी नेता सबै चुप छन् मुलुक उधो लाग्यो बरै झनपछि झन् । ठगैठगले डुबाइसके सानो हाम्रो देश केही होला भन्दाभन्दै फुलिसक्यो केस ।

Nepal Telecom ad

अमर अधिकारी :

फुट्या कौडी नदेखेका विदेश घुम्न पाए
जनतालाई भुलाउन खोक्रा गीत गाए ।

फटाहाले घरिघरि जनतालाई ठगे
छोराछोरी बिहे गर्दा सुनकै बनाए जग्गे ।

माफिया र ठेकेदारलाई हुनुसम्म फकाए
जनतालाई जानीजानी ऋणको भारी बोकाए ।

अझै पनि खेल रच्छन् मुलुक उधो लाउन
छाडेनन् नि जहानसहित विदेशतिर धाउन ।

सल्लाहकार सहयोगी ज्ञान नभएका
इमान्दार जनताले कति हो सहेका ।

चुप्प लाग्ने बानी बस्यो नेपाली यी जनको
नेताहरू धनी बने धनमाथि धनको ।

देशमा काम नपाएसि युवाहरू खाडी
गोठहरू रित्ता भए छैनन् पाडापाडी ।

पढेका ती युवाहरू अन्तै देशमा जान्छन्
कामविहीन भएपछि अनि हण्डर खान्छन् ।

बाकसमा लास आउँछ हाम्रो विमानघाटमा
बाउआमालाई निद्रा छैन पल्टिएर खाटमा ।

फटाहाको जगजगी नेता सबै चुप छन्
मुलुक उधो लाग्यो बरै झनपछि झन् ।

ठगैठगले डुबाइसके सानो हाम्रो देश
केही होला भन्दाभन्दै फुलिसक्यो केस ।

बाँदरको हातमा पर्योै हाम्रो राजनीति
राजनीति त बहाना हो भनौँ लाजनीति ।

०००
खुङ्ग्री, रोल्पा ।
हालः बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x