साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजाक अङ्कमा दोहोरी !

चुन दुकुन दुकुन चुनुन नचुनुन के को भुनभुन एक दुई तीन प्याट प्याट फू फू लो लिनुस् एक फाँक धत्तेरी पोल गो दुवै प्वाल नाक आनीको मासु सुकीको दाउरा भो हैन ए काम्रेड पार्छ केरे भागाभाग ?

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

-ए काम्रेड तपाईंसँग एक दुईटा बात गर्नु छ ।
किन एक दुइटा मात्र दुई चारवटै गर्नुन ।
फेरि उहि बाह्र सत्ताइसको कुरा के गर्‍या भन्या ?
तपाईंले तीन न तेह्रको कुरा गरेको कि मैले बाह्र सत्ताइस् ।
भो न भो धेरै छक्का पञ्जा नगर्नु काम्रेड ।
मैले छत्तिसको कुरा गरेँ उनले तिर्सट्टीमा पुर्‍याए, अब साँचो सत्य कुरा हुन्छ ?
सत प्रतिशत सत्य त देवता त छैन ।
सयमा सय झुटको खेती चाहिँ अलि भएन है काम्रेड ।

मैले पाँच भने भने तपाईं पचास भन्नु हुन्छ काम्रेड शुन्ना थपेर ।
शुन्ना, गुन्ना र मुकुन्नाका कुराले दुगुन्ना नबनाउनुस् काम्रेड आफूलाई एकफेर ऐनामा हेर्नुस् ।
दिनमा दस फेर ऐना हेरे नि सयौँ चोटी ओर्काई फर्काई गरेनि जस्तो छ छ फेरिन्न हैन काम्रेड ।
हैन हैन किन बिसको उन्नाईस् हुनुहुन्न ?
काम्रेड आखिर ७९को ९७ र ८९ को ९८ हुने हैन क्यार ।
तेता त होलानि १७ को ७१ जति कुरा गरेनि बर्जु गीतको गेडो तेहि हो ।

हैन तपाईं जहिले नि फेरि उही बाह्र बुँदेको कुरा ल्याउनु हुन्छ बृहदमा त ।
तपाईं पनि सँगै हुनु हुन्थ्यो किन चुईंक्क एक वचन बोल्न सक्नु भएन ? पाँच मङ्सिरमा ।
यात्रा लामो छ काम्रेड हावाजातमा गए नि
चौध हजार एकसय तेह्र माइल भएको दूरी भन्नु हुन्छ भने त
सात हजार पाँचसय बाइस माइल
अनि तपाईं यसै ऐले नै अम्रिका पुगूँला झैँ खोक्नु हुन्छ ।

एक मुखले भने जस्तो हज़ार हातले साथ दिन्न काम्रेड ।
अनि जहिल्यै भन्नु हुन्छ बयलगाढा चढेर
साँढे सातहजार माइलको दुरीमा रहेको अमेरिका तेतिटाढा पुगिन्न ।
मने मैले पनि अहिलेनै कहाँ जाने पुग्ने भनेको छु र
१२० माईलबाट भारतमा त सुरुङ खन्ने भनियो
एक माईल खन्न सकिएन ।

गरौँला गरौँला भनेर जनतालाई पो भनेको त काम्रेड ।
माइलको धाक दिएर बित्तामा झक मार्न भएन नि काम्रेड ।
हामीले त बाइस् तले धरहराको कुरा गर्‍यौँ चढाव नदिए नि ।
पन्ध्रको त बनाइयो नि ।
विश्वभरिका अग्ला चुचुरा मध्य तीन तिहाई नेपालमा भए नि
हामीले अरु सातवटा भ्यूटावर थपेर सर्लक्कै
सोह्र चुचुरा बनाएको देख्नु भएन कि ?
कसो काम्रेड दस फेर भन्नु भन्दा एक फेर गर्ने नि
बरू काम्रेड अरबै खरबै खर्च भएनि नेपाली युवा खाडी गएका छन् नि त
तिनैले अरबौँ खर्च धानेकै छन् के भो त नि ।
बरू तपाईं नि यस्तै खर्च गर्ने ठाउँ खोज्नू ।
दामले काम कामले तमाम अनि भइन्छ सबैतिर रामराम ।

तपाईंको कुरा त काम्रेड बटौलीको चटौली
सयको पचास मने नाफा न पर्वत के जातिमा बतास भने जस्तो पो आयो त अहो भो ।
आठ आना बाट चार आनामासम्म पनि आउनि हैन ।
के आउनु त नि रोपनीबाट आनामा
रविले रोकेको कित्ता काट त खोल्नु भो तेहि भएर त होला नि
एक हातले देऊ दुई हातले लिउ भनेको ।
अरबौँ उठ्छ यता सल्लाहकारको भिड छ ।

दुई पैसाको उपति छैन दश पैसाको खति
जत्तिको तत्ति तत्तिको आधा आधाको आधामा
उम् उम् थपे बराबर कसरी होला त काम्रेड ?

भो भो यो दोहोरी छोडौँ
किनभने रातभरि करायो दक्षिणा हरायो
हुनि खानी धनी भनौदोले एक रूपे चढायो ।
जस्तै भयो सुको उपलब्धि छैन काम्रेड तपाईं भए नि म भए नि ।
ऊतिरै फर्केर ऊ गरेर ऊसैको भरमा अङ्क जोडेर डङ्क पिटे नि
उपति न सुपति बन्न खोज्ने लखपति हेरिरहनु हैन यो वपौती काम्रेड ।

सात सत्ता कहिले कता कहिले कता
कहिले तेता कहिले यता भनुम्न अंकको खेल सत्ताको झेल जता बहुमत उतै ठेल।
सात सत्र सतचालिस बाउन्न बैसट्ठी सबै फेल आयो
रवि राजेन्द्र विकल्पमा सजिवनको तेल ।
उसो भए जता सजिवन उतै दतिवन
लौ त विकल्प यिनै हुन्
न नुन न भुटुन यी कसरी हुन् ?
भो भो खोई सुर्ती माडुम ल्याउनुस्
चुन दुकुन दुकुन चुनुन् नचुनुन्र के को भुनभुन
एक दुई तीन प्याट प्याट फू फू
लो लिनुस् एक फाँक
धत्तेरी पोलिगो दुवै प्वाल नाक
आनीको मासु सुकीको दाउरा भो
हैन ए काम्रेड पार्छ केरे भागाभाग ?

नसुका न आठ आना के को भाग्ने जान अन्जानामा ।
हामी मात्र होर उ जग देऊ लाग्यो छेउ ।
एकुन एकुन हा हा हा, हि हि हि,
दुकुन दुकुन हु हु हु, ईहि ईहि हि ।
न सत्ता न बाऊन्न पत्ता चारै चौरास सबै लापत्ता ।
हा हा काम्रेड
उहुहु काम्रेड

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x