श्रीप्रसाद पाेखरेलदुर्घटना
फटाहाले हाँस्दै भन्यो “हामीले त देखेनौँ ।” न्याय, कानुन, समाज, पालिका सबै मौन थिए । कचहरीले निष्कर्ष निकाल्यो “दुर्घटना ।”

श्रीप्रसाद पोखरेल :
“हामीलाई पनि मायाले हेर अस्मिता ।” भन्दै एउटा फटाहाले जिस्क्यायो ।
अस्मिता नबोली अगाडी बढिन् ।
फेरि हिंसाले “ट्वाक्क…” गरेर जिब्रो पड्कायो ।
हातको किताब बलियो गरी छातीमा च्यापेर अस्मिता अगाडि बढिन् ।
सार्वजनिक बाटो । बाटामा न्याय, कानुन, समाज, पालिका, सरकार, एन जि ओ, आइ एन जि ओ सबै ओहोर दोहोर गरिरहेका थिए ।
अस्मिताले साँझको समय भएकोले अलिक छिटो पाइला चालिन् ।
फटाहाले पछाडिबाट च्याप्प अस्मितालाई समात्यो । गुण्डाले तानेर उखुबारीतिर लग्यो । “गुहार ऽ ऽ गुहार ऽ ऽ ” अस्मिता चिच्याइन् ।
गुण्डा, फटाहा, मुन्द्रे, झ्याप्ले, चोर, डाका, बलत्कारी मिले । अस्मिताको केही लागेन । बलत्कार अगाडि सर्यो । पालैपालो अस्मिता लुटिइन् । चोरले उनको गोजीको पैसा झिक्यो । व्यभिचारीले उनका किताब, कपडा, चप्पल पानीमा फालिदियो ।
“यसबेलासम्म अस्मिता किन आइपुगिन । जा जा भरोसा ! बाटोमा हेर” कोखले भनिन् ।
कुद्दै आएर भरोसाले कोखलाई भनिन्, “आमा ! आमा ! बाटाेमा धेरै मानिस पो छन् त ।”
घरका सबै बाटोतिर कुदे । हिम्मतले टोपी थापेर लाचारीपूर्वक न्याय मागिरहेका थिए । कचहरी बस्यो । जनप्रतिनिधिले घटनाको प्रत्यक्षदर्शीलाई सोधे ।
फटाहाले हाँस्दै भन्यो “हामीले त देखेनौँ ।”
न्याय, कानुन, समाज, पालिका सबै मौन थिए ।
कचहरीले निष्कर्ष निकाल्यो “दुर्घटना ।”
०००
इटहरी, सुनसरी
Subscribe
Login
0 Comments
Oldest






































