भीम गाैतमजा जा जा
चस्क्यो दुख्यो छाती यो, उत्तर जा दक्षिण जा नदी बेची गैँडा खा, कुम्लो बोकि उतै जा । जा वुद्ध वुद्धा फालेर जा, युवा शक्ति बेचेर जा युवती जति लिएरै जा, उतै बेचि भत्ता खा ।
भीम गौतम :
भ्रष्ट होस् जा, भष्म होस पापी किरा किर्नो होस्
विष होस् बिच्छी होस, जा जा छिटो दुर्जन होस्
हेप्ने चेप्ने तेरो रोग, लुटतन्त्रको बाजे होस्
गफैगफको फाली होस्, महाकाली बेच्ने जाली होस् ।
घुसहोस भुस होस्, गाँड हल्लाउने लुट होस्
जाजा छिटो अबेर भो, भारतीय गुट होस्
पश्चिम खाईस पूर्व खा, नदी नाला ढुङ्गा निलेर खा
ताला चाबी लिएरै जा, लुटतन्त्रको नेता हुँ भनेर जा ।
जा जा प्रष्ट भ्रष्ट मुद्धा छ, दाजु भाउजू बोकेर जा
ढिलो नगर छिटो जा, आधा रातमै लुकेर जा
भट्टी चट्टी चहार्दै जा, ऐन्सेल पेन्सन धोकेरै जा
गिरिबन्धु चिया मस्ती छ, वाइडवडि जहाज चडेर जा ।
चस्क्यो दुख्यो छाती यो, उत्तर जा दक्षिण जा
नदी बेची गैँडा खा, कुम्लो बोकि उतै जा ।
जा वुद्ध वुद्धा फालेर जा, युवा शक्ति बेचेर जा
युवती जति लिएरै जा, उतै बेचि भत्ता खा ।
जा बल्कियो पिलो अति भो, मुखै गाडि खिलेर जा
दायाँ बायाँ बडि गार्ड, ट्यापे मुन्द्रे भिरेर जा
जा जा स्वाभिमान बेचेर जा, शिरको टोपी च्यातेर जा
जा विस्तारवादको भरौटे, हाम्रो हिमाल भुलेर जा नेपाली माटो पुछेर जा ।
०००
चितवन, भरतपुर
Subscribe
Login
0 Comments
Oldest








































