साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठग चरित्र

यति सुन्दर देशमा तिमी ठगिन जन्मिएका रहेछौ घरमै बसे पनि ठगिन्छौ गुन्टा कसे पनि ठगिन्छौ आस्था मन्दिरको गेटबाट ठगिन्छौ निर्वाचनको ब्यालेटबाट ठगिन्छौ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ए ! झोला बोक्यौ ?
जाऊ बाबु, जाऊ नानी जाऊ
अष्ट्रेलिया जाऊ, अमेरिका जाऊ
हङकङ जापान जहाँ जान्छौ जाऊ
हामी त्यहीँ ठग्न आउँला ।

धर्मको डण्डा बोकेर
जादुको अण्डा बोकेर
कलाकारिताको फण्डा बोकेर
आफन्तहरूलाई विदेश घुम्दैछु भनेर सुनाउँला
फाटेको स्वरमा साटेको गीत गाउँला
क्यारिकेचर गरौँला
निधारभरि आडम्बरको चाँदन भरौँला
तिमीले रगत बगाएर कमाएको
अलिकति डलरमा आँखा लाउँला
जाऊ है जाऊ जहाँसुकै जाऊ
हामी त्यहीँ ठग्न आउँला ।

कतै तिमी खाडी मलेसिया जाँदैछौ भने
हामी यहीँ बसेर ठगौँला
मेनपावर बनेर डसेर ठगौँला
एयरपोर्टभित्र पसेर ठगौँला
गाउँ गाउँमा कित्ता काटेर ठगौँला
सुनको नाउँमा
पित्तल साटेर ठगौंला
तिम्रो पसिनाको पैसामा
हाम्रो र्याल चुहिसकेपछि
जब इमान्दारीता र विश्वास कुहिसकेपछि
नयाँ नयाँ बाटो समाउँला
हामी त्यहीँ ठग्न आउँला ।

यति सुन्दर देशमा तिमी ठगिन जन्मिएका रहेछौ
घरमै बसे पनि ठगिन्छौ
गुन्टा कसे पनि ठगिन्छौ
आस्था मन्दिरको गेटबाट ठगिन्छौ
निर्वाचनको ब्यालेटबाट ठगिन्छौ
विश्वविद्यालयका मान्छेबाट ठगिन्छौ
मन्त्रीका भान्छेबाट ठगिन्छौ
त्यसैले
यहाँ नबस जाऊ जाऊ
जता जान्छौ जाऊ
हामी त्यहीँ ठग्न आउँला ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x