साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी !

व्यवस्थामा नौलो बहुदल मिली खान कसिएँ जता बज्छन् बाजा फुरफुर उतै पो लहसिएँ । अरू सारा दोषी छलकपट गर्ने छु अछुतो भनी कुर्सी ताक्दा मुलुक थलियो लाग्छ पछुतो ॥

Nepal Telecom ad

उत्तम विचार :

म कुर्सीमा कुर्सी अदल नगरी बस्न म सकूँ
लुटूँ रित्तो पारी मुलुक नभनी डस्न म सकूँ ।
कुरी गाईजात्रा खितखित गरी हाँस्नु म कति
चलून् नौला जात्रा दिनदिन यहाँ ठान्छु प्रगति ॥१।

विपक्षी पक्षीझैँ वरपर पसी काक नभनून्
दिलाई अप्ठ्यारो अतिशय कतै भाग नभनून् ।
विनाकुर्सी मेरो न त निद परोस् रातदिनमा
भनी कुर्सी कुर्सी तडपन खपूँ व्यर्थ किन म ॥२।

मिलोस् सत्ता भात्ता प्रगति पथमा हिँड्न म सकूँ
सँगै लामो जत्था दलबल हुँदा भिड्न म सकूँ ।
म गुण्डागर्दीमा सबल बललेयुक्त म रहूँ
कसैको धम्की वा खटन किन होस् व्यर्थ नसहूँ ॥३।

म भ्रष्टाचारीको जय जय नगरी बाँच्नु कसरी
इशाराको पारा र लय नबुझी नाच्नु कसरी ।
मरून् भोका नाङ्गा पलपल लुटी पेट म भरूँ
सुनामीको नामी लहर नउठोस् व्यर्थ नडरूँ ॥४।

व्यवस्थामा नौलो बहुदल मिली खान कसिएँ
जता बज्छन् बाजा फुरफुर उतै पो लहसिएँ ।
अरू सारा दोषी छलकपट गर्ने छु अछुतो
भनी कुर्सी ताक्दा मुलुक थलियो लाग्छ पछुतो ॥५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttam b4
uttam b4
1 year ago

जय गाईजात्रा ! जय फित्क्यौली ।

Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x