साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेठा बा

भक्तिगानको पगरी लगाएर मञ्चमा ढक्क चढेका छन् पछिल्लो ढोकाबाट छिर्छन् बिना योग्यताको पदक र तक्मा भिर्छन् चाट्न नपाएको दिन यिनीहरूले पनि तपाईंलाई छोड्ने छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

छोेड्दिनु जेठा बा !
कुर्सी छोड्दिनु
आउनु हामीसँगै बसौँ ।

अब त तपाईं पनि बूढो हुनु भो
बेला बेला होस खुस्किरन्छ
जति तानतुन गरे पनि
बेला बेला सुरुवाल फुस्किरन्छ
बेलाबेला बर्बराउँनु हुन्छ
हिँड्दा लर्बराउनु हुन्छ
अरुले भरथेग गर्नुपर्छ
तेरो मेरोको अनावश्यक झर्को छोडेर
अध्यात्मको सुन्दर बर्को ओढेर
आउनुहोस् बा ! हामी सँगै बसौँ ।

तपाईं कुर्सीमा बसिरहँदा
कतिलाई त काइदा भएकै छ
ठेक्का कमिसन पद पैसा
कतिलाई त फाइदा भएकै छ
बज्र स्वाँठले पुरस्कार पाएकै छन्
दायाँबायाँ अघिपछि फोटो खिचाएकै छन्
बेलाबेला तपाईंको किचनबाट फुत्त निस्कन्छन्
पावरफूल चस्मा लाउँछन्
पावर नपाए छोडिदिन्छु भन्दै जिस्कन्छन्
उमेर नपुगेका अदन्तेलाई माथि चढाइदिनु भो
जोरी खोज्ने जोधाहालाई तल लडाइदिनु भो
कसैको लागि मुढो हुनु भो
कसैको कलमको टुँडो हुनु भो
जेठा बा ! कुर्सी छोड्दिनु
आउँनु हामी सँगै बसौँ
अब त बूूढो हुनु भो ।

हामीतिर आँखा नफुकाल्नु जेठा बा !
आज तपाईंको सत्तो सराप गर्नेहरू
हिजो तपाईंले भान्सा चटाएकाहरू हुन्
सुटुक्क बार्दलीमा बोलाएर
मन्त्र रटाएकाहरू हुन्
आज अर्काथरी बढेका छन्
भक्तिगानको पगरी लगाएर
मञ्चमा ढक्क चढेका छन्
पछिल्लो ढोकाबाट छिर्छन्
बिना योग्यताको पदक र तक्मा भिर्छन्
चाट्न नपाएको दिन
यिनीहरूले पनि तपाईंलाई छोड्ने छन्
फुकाल्नुहोस् यति धेरै जुम्रा भएको दौरा
कुर्सी छोड्दिनुहोस्
आउनुहोस् हामी सँगै बसौँ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x