साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताका फलोअर्स

नेतालाई पनि पत्रकार चाहिन्छ पत्रकारलाई पनि नेता एउटालाई चर्चा छर्नुपर्छ अर्कोलाई कमाइ गर्नुपर्छ उस्को धमास यता साट्नुपर्छ उस्को फूर्ती उता बाट्नुपर्छ

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

तपाईं सुन्नुहुन्छ ?
सुन्नुहोस !
विद्या कसम !
धरोधर्म !
नढाँटिकन भन्दैछु
कान यता ल्याउँनोस्
यो देशमा नेताको पछि लाग्ने भनेका
पत्रकारहरू नै हुन् ।

पत्रकारलाई त चाहिएको छ नेता
आँखा यता तेता गर्छन्
जहाँ नेता देखिन्छ उस्कै पछि पर्छन्
एउटाको झ्याँको झार्छन्
अर्कोलाई खुशी पार्छन्
रहस्यको भूत देखाएर भित्रभित्रै तर मार्छन्
तर थाहा छ ?
कस्ले खाएको छ भित्रभित्रै नुन ?
यो देशमा नेताको पछि लाग्ने भनेका
पत्रकारहरू नै हुन् ।

कुनै सभा समारोह गोष्ठी सडक
नेता देख्नुहुन्न
पत्रकारले घेरीहाल्छन्
जिब्रो पड्काएर प्रश्न सोध्छन्
स्वाद फेरिहाल्छन्
“लौ फलानुले यसो भने
फेरी फुट्ने भो
नेताजीको यता सम्पर्क भो
उता टुट्ने भो”
एका बिहानै अखबारका काला अक्षरहरूमा
नेता नै पोतिएर आउँछन्
साँझ टेलीभिजनका पर्दाहरूमा
नेता नै जोतिएर आउँछन्
पत्रकारहरू नेताका नाममा बजाउँछन्
नेतामुखी धून
यो देशमा नेताको पछि लाग्ने भनेका
पत्रकारहरू नै हुन् !

नेतालाई पनि पत्रकार चाहिन्छ
पत्रकारलाई पनि नेता
एउटालाई चर्चा छर्नुपर्छ
अर्कोलाई कमाइ गर्नुपर्छ
उस्को धमास यता साट्नुपर्छ
उस्को फूर्ती उता बाट्नुपर्छ
चाट्नुपर्छ अवसरको नून
यो देशमा नेताको पछि लाग्ने भनेका
पत्रकारहरू नै हुन् ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x