साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवान र घुस

धेरै चोखा मान्छेहरू निधारमा भागवत् भक्तिको विज्ञापन कोरेर गेरुरङ्गले नस्वर शरीर मोरेर छातीमा टाँसिएकोे खल्तीभरि बोका सुँगुरको रगत लागेको नोट बोकेर हिँडिरहेका छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मान्छे ठान्छ
भगवानले पनि घुस खान्छ
त्यसैले पैसा बोकेर मन्दिर जान्छ
थान थानमा पैसा चढाउँछ
र भन्छ हे भगवान !
मेरो कामना पूरा गरिदेउ !

बोका र कुखुरा चढाइसकेपछि
नापीको हाकिमले
यताको सिमाना उता सारीदिन्छ
बोका र कुखुरा चढाइसकेपछि
मन्दिरभित्रको भगवनले दसा टारिदिन्छ
फूल चोखो चाहिन्छ
पैसा जतिसुकै फोहोरी भए पनि चल्छ ।

धेरै चोखा मान्छेहरू
निधारमा भागवत् भक्तिको विज्ञापन कोरेर
गेरुरङ्गले नस्वर शरीर मोरेर
छातीमा टाँसिएकोे खल्तीभरि
बोका सुँगुरको रगत लागेको नोट
बोकेर हिँडिरहेका छन्
जो भागवतको यज्ञमा चढाइएको थियो
किनकि भगवानलाई फूल मात्रै चोखो चाहिन्छ
नोट फोहारी भए पनि चल्छ ।

०००
गौरादह, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x