साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले र सुटकेशे

ती त सरकारका हुन्छन् सरकार बदलिइरहन्छ तर सटुकेश बदलिँदैन झोलाहरू झोले हुन्छ तर सुटकेश सुटकेशे हुँदैन जनतासँगका बाचाहरू यतै झोलाभित्रै रहन्छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

झोलेहरू पार्टीका हुन्छन्
ब्याग र सुटकेशेहरू चैं सरकारका
झोलेहरू सधैँ झोला बोकेर बाँचिरहन्छन्
जिन्दावाद र मूर्दावादमा नाँचिरहन्छन्
जितको आशमा कम्मर भाँचिरहन्छन्
झोलेहरू कहिल्यै ब्यागे हुन सक्दैनन्
झोलेहरू कहिल्यै सुटकेशे हुन सक्दैनन्
झोलेहरू पुलसम्म आफ्ना नेतालाई पुर्‍याएर फर्कन्छन्
पुल पारि पुगेपछि नेताहरूले झोला बिर्सन्छन्

सुटकेश भिर्छन्
किनकि सुटकेशेहरू कहिल्यै पार्टीका हुँदैनन्
ती त सरकारका हुन्छन्
सरकार बदलिइरहन्छ
तर सुटकेश बदलिँदैन
झोलाहरू झोले हुन्छ
तर सुटकेश सुटकेशे हुँदैन
जनतासँगका बाचाहरू यतै झोलाभित्रै रहन्छ
सुटकेशलाई त्यसको वास्ता छैन
त्यसैले सुटकेशेले गर्दा देश कहिल्यै बन्दैन
किनकि सुटकेशेहरू पुल वारिका होइनन् ।

०००
गौरादह, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x