साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला

हल्लाले देश सप्रिन्छ हल्ला गरौँ सधैंभरि हल्लाऔँ बर्बरी झर्छन् स्वार्थका फल बेस्सरी । कवितामै गरेँ हल्ला हल्लाको भक्त मै पनि ठुटे पुच्छर हल्लाऔँ सके जति अझै पनि ।

Nepal Telecom ad

बिन्दु  दहाल मूकदर्शक :

पारेर एउटै अन्डा कुखुरी गीत गाउँछे
खोल्याँसोबाट उफ्रेर धुरीमा चढ्न धाउँछे।१

अन्डा हजार पारेर कछुवा चुप्प बस्दछ
देख्लान् कि अन्यले भन्दै सरक्क प्वाल पस्दछ ।२

हल्लाको देशमा हल्ला बिक्दै छ जहिले पनि
साहित्यमै छ व्यापार हेर्नुहोस् अहिले पनि ।३

हल्ला नै नगरी बस्दा सडेर जान्छ चामल
फोहोर बिक्छ हल्लाले पिठारी बन्छ काफल ।४

हल्ला नै नगरी बस्दा हजार गुमनाम छन्
टक्का र खुजुरा आज देवका धाम धाम छन् ।५

हल्लाकै लागि लाइन्छ्न् पुराण र कुरान ती
नत्र हुन्थ्यो झिके राम्रो ठ्याक्रा माइक घातकी ।६

हल्लामा शक्ति देखिन्छ हल्ला गरौँ निरन्तर
बनौँ हामी अझै उच्च हल्लामा आत्मनिर्भर ।७

राजधानी गरी हल्ला राजधानी भएको छ
बृहस्पति सधैँ झुट्टा एक्लोमात्र भएको छ ।८

हल्लाले देश सप्रिन्छ हल्ला गरौँ सधैंभरि
हल्लाऔँ बर्बरी झर्छन् स्वार्थका फल बेस्सरी ।९

कवितामै गरेँ हल्ला हल्लाको भक्त मै पनि
ठुटे पुच्छर हल्लाऔँ सके जति अझै पनि ।१०

०००
दमक- ८ झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बोक्रा महान् बन्दछन्

बोक्रा महान् बन्दछन्

बिन्दु दहाल ‘मूकदर्शक’
ऊ प्रगतिशील

ऊ प्रगतिशील

बिन्दु दहाल ‘मूकदर्शक’
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x