साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लद्दाख ! सलाम छ तिमीलाई

अतिवादका बुख्याँचा मुण्डासँग विजयको लुकामारी खेलिरहिछ्यौ बादल ओढेर -बादलमै पहाड अग्लेर -पहाडमै बरफ चिस्याएर -बरफमै पत्थर जमाएर -पत्थरमै हिमाल पगालेर -हिमालमै ।

Nepal Telecom ad

कलानिधि दाहाल :

यौटा अकिञ्चन
कञ्चन
अमुक
उदार
शान्त
कुहिरोसँग
कुहिरोले
माटोसँग
माटोले
पहाडसँग
पहाडले
र जम्मैसँग
जम्मैले
लुकामारी खेल्दै
काउकुती लगाउँदै
घुम्टो उघारेर
घामसँग
घाम फैलाएर
घुम्टोसँग
सुनसानमा
तर
सारमा
सारमा
तर
सुनसानमा
तृप्त/अतृप्त
अतृप्त/तृप्त
चाहनाका
असङ्ख्य
बिस्कुन सुकेर
बिस्कुन ओसिएर
मान्छेभन्दा धेरै टाढा
सुदूरको क्षितिजमा
रहस्यका झिलिमिली
झिल्कासँग
असङ्ख्य झिल्काका
झिलिमिली रहस्यसँग
सृष्टिको चोखो मुस्कान
साटिरहेकी लद्दाख!
तिम्रा
कोमल/कञ्चन खेलहरू
भत्किएका छन् अहिले
तिम्रा स्वस्फुर्त
अन्तरा अन्तराहरू
चकित भएका छन् अहिले
दुई अतिवादी
जङ्गली आस्थाका
सेनाले
बुट बजारेका छन्
तिम्रा छातीमा
एउटा
माथिबाट उफ्रन्छ तल
अर्को तलबाट
चिथोरिन्छ माथि
-रामको नाममा
-सीताको नाममा
कपुर सल्काएर
वासना छर्नुपर्ने
एउटा
धार्मिक अतिवादी पण्डा
राफाल चढेर
तिम्रा छातीमा
क्षेप्यास्त्र छाडिरहेछ
-कार्लमाक्र्सको नाममा
-एञ्जेल्सको नाममा
विराट् विश्व
साझा सम्पतिको
चौडा चिन्तन जन्मेर
कल्पवृक्ष फैलनु पर्नेमा
अर्को
निरङ्कुश साम्यवादी शासक
बाक्लो सिरक ओढेर
चिनूक अनुसन्धानको
पछिल्तिर
जगुवार विमानका पङ्खामुनि
छुपेर
दिन होस्
वा रात
जाडो होस्
वा प्रचण्ड बाफ
मारक क्षेप्यास्त्रका
निशाना दागिरहेछ
हेर्यौ भने तिनलाई
आँखा झिल्किन्छन्
-बारुदले
चुपचाप
लम्पसार पर्यौ भने
छाती चिरिन्छन्
-बुटका काँटीले
-क्षेप्यास्त्रका प्रहारले
बम
र बन्दुक त
पचाई सके
-तिम्रा छातीले
-तिम्रा तनमन दुवैले
राडारका निशाना
माथिबाट ताकिदै
कहिले
-चितायानले
बाल्छ आगो
तिम्रा बरफमा
कहिले
जमीन ट्र्याङ्करले
निशाना ताक्छ
तिम्रो
हिउँजस्तो पग्लने शरीरमा
लद्दाख!
धार्मिक अतिवादी पण्डा
र निरङ्कुश साम्यवादी मुण्डाका बिच
तिमी
-चिथोरिएर भए पनि
-फहरिएर भए पनि
-मरेर भए पनि
-मारी बाँचेर भए पनि
उद्दीप्त!
उद्दाम!!
मानवताकी शिखर
सधैँ
सौम्य!
सधैँ
शान्त!!
सधैँ
मानवताको बुध्दविश्वासमा
धार्मिक अतिवादका पण्डा
र निरङ्कुश साक्यवादी
अतिवादका
बुख्याँचा मुण्डासँग
विजयको
लुकामारी खेलिरहिछ्यौ
बादल ओढेर
-बादलमै
पहाड अग्लेर
-पहाडमै
बरफ चिस्याएर
-बरफमै
पत्थर जमाएर
-पत्थरमै
हिमाल पगालेर
-हिमालमै ।

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rajendra
Rajendra
1 year ago

Supper cha uncle

Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x