साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा शासकहरू !!

समुद्रपारका फराक एन्जियो बोकेर घरी उभिएका छन् -मेरा शासकहरू ! घरी बसेका छन् -मेरा शासकहरू ! घरी रन्थनिएका छन् -मेरा शासकहरू ! घरी फन्फनिएका छन् -मेरा शासकहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

फाटेको भोटो फेरेझैँ
एउटै शरीरले
घरी सेतोमा
घरी रातोमा
घरी रङ्गीनमा
घरी साधामा
घरी छिर्बिरे
पत्तै नपाइने
सङ्केत नआउने
छेपारे रङ्को
मौसमी तालजस्तै
देखा परेका छन्
-मेरा शासकहरू!
तन उहीँ हो
मन उहीँ हो
नाराहरू तिनै हुन्
सिउने दर्जी उहीँ
र उस्तै हो
क्लब फरक छन्
एन्जिओ आकारमा भिन्न छन्
कोही
हिमालपारिको
गजधम्म पुरानै अनुहार
-म नै सर्वस्व
-म नै सूचिकार
-म नै कुचिकार
-म नै नोकर
-म नै हाकिम
सियो
मेरै हुनु पर्छ
धागो
मेरै हुनु पर्छ
मेसिनकल
तीव्रगतिमा मेरै सर्नु पर्छ
ढोक्सा थाप
या जाल बिच्छ्याऊ
समुद्र मेरै हो
माछाभ्यागुता मेरै हुन्
सतर्क
कोही चियाउला
नहेरे हुन्छ त्यसतर्फ
ब्रह्मण्ड नै मेरोझैँ
हुङ्कार उछल्दै
केही छिन् देखा पर्छन्
कुनै निरङ्कुश
मेरा शासकहरू !
मौन !
मौन !!
मौन !!!
जिब्रो नै झिकिएझैँ
फाँटमैदानको
एन्जियो उचालेर
अर्को क्लब
खुला छल्फलमा
पिँजडाको प्रतिरो उछल्दै
मन्दमुस्कानले बोल्छ
-सियो जोसुकैको होस्
-धागो जतासुकैबाट आओस्
-कलमेसिन जोसुकैले चलाओस्
भोटो मेरै हो
ढिलोचाँडो
समय हुन सक्छ
गर्जनको आङ् थापेर
निर्भिकताको शङ्खनादमा
उहीँ तन
उहीँ मन
उहीँ चेहरामा
फर्कदै छन् अर्का थरी
-मेरा शासकहरू !
कलमेसिन उनै हुन्
चलाउन बस्ने
कुर्सी उहीँ हो
सियो
धागो
कपडा
सबै तिनै हुन्
मात्र सूचिकार
फरक
सडक उहीँ हो
मात्र कुचिकार
फरक
कल उहीँ हो
कुचो उहीँ हो
चेहरा उनै हुन्
मन उनै हुन्
तन पनि उनै हुन्
मात्र फरक
-ओठमा छ
-जिब्रोमा छ
कुनै हिमालपारिका
जिब्रा फर्फराउँदै
एन्जियो उभिन्छन्
-मेरा शासकहरू !
कुनै फाँटमैदानदेखि
समुद्रपारका
फराक एन्जियो बोकेर
घरी उभिएका छन्
-मेरा शासकहरू !
घरी बसेका छन्
-मेरा शासकहरू !
घरी रन्थनिएका छन्
-मेरा शासकहरू !
घरी फन्फनिएका छन्
-मेरा शासकहरू !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x