साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता घर हो मेरो !!

म धुजा धारका जम्मै चिथरा बाल्दछु यता सीमा नङ्ग्याउँदै स्वार्थ जम्मै पखाल्दछु यता ! नबुझ्नुको छ यो अर्को उत्खनको नयाँ घर एक यो घर हो मेरो समग्र विश्व सुन्दर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आँधी हुरी उडेको छु वेग बेजोड तोडले
तन यो एउटै स्थान मन संयोग योगले !
कतै डाँडा उता अग्ला ठोकिन्छु तल झर्दछु
चट्टान शिरमा दर्द असैह्य पल पर्दछु !!

उठ्छु चुहाउँदै रक्त उभिन्छु सास फेर्दछु
छु कता छैन क्यै थाहा उघारी नेत्र हेर्दछु !
पहिले म थिएँ कस्तो नजानेरै झरेँ यता
उठ्यो मन जुट्यो दौड फेरि दौड्यो जतातता !!

उकालो पसिना झारी हेरेँ अनन्त पारमा
छु एक्लो छैन क्वै साथ जम्मै देख्छु म झारमा !
गाउने गीत छन् थोत्रा वैलेका सब सागका
चेतना उघ्रिने झुम्छन् तिनै रागविरागका !!

चाकडीका तिनै हात कुर्सी अपार ठान्दछन्
चुहाई रालका थोपा पद गौरव मान्दछन् !
यो लाटो हो कि हो बुङ्गो समाजको उही गति
देखी मन हुने गर्छ धुवाँ जलेर भत्भती !!

एक पाउ हिडौँ नौलो डोब निर्माणको पद
विनालालसको चाप रहँदा हुन्छ गद्गगद !
त्यही चाप म छर्दै छु अनकन्टार टारमा
मेरो मौलिकको भाका हुन्छ नौलो विचारमा !!

म व्याधी वेगको आँखो मनबाट चियाउँछु
जति हुन् नमिठा स्वाद नयाँ नङ्ग्रा खियाउँछु !
समुद्र कहिले झर्छु छाल उच्छाल छालमा
नौका खियाउँछु आफ्नै पञ्जाका नव तालमा !!

पगरी सुनको नै होस् चाहिन्न अन्यको धन
सुकेको भाव होस् आफ्नै चाहिँन्न अन्यको मन !
धुलो बिच्छ्याउना होओस् चाहिँन्नन् अन्य डन्लप
अन्य सिरक घाँटीमा नखापूँ लिई खप्खप !!

सत्ताका सान सन्केका शिरको छु म मारक
खोजी पगरी गुत्नेको भारी भार म धारक !
रात आफ्नै खुली पङ्खा रातकै बन्छु मारक
अरे गजबको आफैँ नौलोको म छु कारक !!

म धुजा धारका जम्मै चिथरा बाल्दछु यता
सीमा नङ्ग्याउँदै स्वार्थ जम्मै पखाल्दछु यता !
नबुझ्नुको छ यो अर्को उत्खनको नयाँ घर
एक यो घर हो मेरो समग्र विश्व सुन्दर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x