साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शकुनि र मन्थरा !

राजनीति त राजनीति भयो नै, अब त साहित्य झन् खराब, शकुनि र मन्थराको भीड ! मजस्तो मान्छेको काम छैन । अब कसैको लागि केही बोले ... राम कसम, धोका, हे दुर्गा, बनाए मुर्गा !

Nepal Telecom ad

धनराज गिरी :

“इमानदार मान्छेले पनि जीवनमा एउटा हिमालयन ब्लण्डर गर्नसक्छ, त्यो हो सबैलाई आफूजस्तै सम्झिनु र आँखा चिम्लिएर भरोसा गर्नु !” आफ्नो राय राख्यो प्रोफेसर हिक्मतनारायण थापा रत्नश्री गगनवासीले, आफ्नो प्यारो हाकिम इमानबहादुर बस्नेत बसुन्धराश्रीको घरमा, दशैंको टीकाको दिन।”

कस्तो गज्जबको कुरा गर्नुभयो सर,जहिले पनि सही भन्नुहुन्छ,हजुरको कुरा सुनेपछि त मन “शीतल कादम्विनी” हुन्छ, गजल पनि उस्तै, हो त, मेरो भूल नै यही भयो जिन्दगीमा !” भावुक बनेर बोले इमानको सगरमाथा ।एक युग थियो यो जोडीको। पन्चायतकालमा, र त्यसको स्वर्गवासपछि, गुणरत्नमालानगर, सरस्वतीगन्जमा, हिमाल माध्यामिक विद्यालयमा, राजनकुमार वस्ती, अर्का वरदान, साहिर,नौसाद र रफी — उनीहरूको कम्बिनेशन !

“अनि नि सर, अरूलाई मर्का पर्दा बोल्नुपर्छ भनेर मैले तीन मुद्दामा न्यायाधीश बन्न खोजेको त, प्रत्युत्पादक, जसको भलो गर्न खोजेको उही एन्टी, अझ यस्ता यस्ता “शकुनि र मन्थरा” फेला परे नि, मेरो क्याम्पसमाभन्दा पनि डेन्जर ! अरूको कुरा पत्याउन नहुनेरहेछ गुरुदेव !सम्पूर्ण कथा उल्टो । मान्छे अन्यायमा परेर वकील र अदालतको शरणमा जान्छ, होइन ? यहाँ त घोर अन्याय गरेर उल्टै “जो चोर उसैको ठूलो स्वर !”

“सीताले मेरो हरण गरी” भन्न मन्दोदरीकान्त आउने भन्या, पान्चालीले मेरो “चीरहरण गरी” भन्न दुर्योधनको प्यारो अनुज आउने, मृगले मलाई दुःख दियो भन्न मृगेन्द्र आउने, क्या प्याराडक्स ! शकुनि धेरै भोगियो जिन्दगीमा, गुरुदेव, एक मन्थरा,”मामा,मामा” भनेर साखुल्ले बनी,आफ्नो पीर भनी, पछि त, सुभद्रा र बलराम भएर धर्मराजसित कृष्णको कुरा काटे, पो भन्ने बा, म जिल्ल। यति नक्कली कुरा ! अनि सजिलो छ त जोगिनथ्यो ।

राजनीति त राजनीति भयो नै, अब त साहित्य झन् खराब, शकुनि र मन्थराको भीड ! मजस्तो मान्छेको काम छैन । अब कसैको लागि केही बोले … राम कसम, धोका, हे दुर्गा, बनाए मुर्गा !

“जोगिनुहोला सर, हाम्रो अढ्तीसे बाबु पनि अति सोझो, भनिदिनुहोला, सतर्क हुनुपर्छ ! वरिवरि विदुर चाहिन्छ। नत्रभने हस्तिनापुर सुरक्षित रहन्न। सरको लागि सुझाव, काम छैन, यी शकुनि र मन्थराहरूको सङ्गत, बरु उतै, उतै, उभरको भर, प्रेमनगर,रूपनगर, लक्ष्मीपुर, हजुरको आरजू पूरा हुन्छ। पूर्ण सफल जिन्दगी हो,मेरो साथीको, यस्तो साथी त यो जुनीमा अर्को पाइन्न। हो, पूर्ण सत्य !”

भावुक बने पूर्व प्राचार्य, निर्मल, विमल, कन्चन व्यक्तित्व। “भाइ,चिया ? कि कफी ?” दिदी पूर्णकान्ता शान्ता बस्नेत अधिकारी।” पिउने कफी, गाउने रफी!” प्रोफेसर ।” रमाइलो मान्छे! बैनी खोइ ?” दिदी। “लिएर आउने अर्को दिन।” प्रोफेसर फर्कियो, मन शीतल बनाएर । यो उसको, यो निकेतन, चारधाम सरह हो,अक्सर आइरहन्छ। मनमा, यतिखेर, “भवानी भाउजू र अम्बिका छोरीहरू “आए, दाइ उत्तम र राधाकान्तलाई सम्झियो।”

अबदेखि आफ्नो बारेमा लेख्दिन ! “घामभन्दा पहिले उठेर, मनमनै यति सोच्यो। “कुनै पनि कसम नखाने कसम खाएको छ, भीष्मको हालत सम्झिएर। घर पुग्यो,बैकुण्ठनगर। गजल फुर्यो, लेख्यो, बहरमा, पोखरा सम्झिएर।

०००
चितवन, हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x