साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकवेद- समय सन्दर्भ

हामी को हौं ? बुध्दि र शुध्दि हराएको जन्तु । हामी मान्छे नामको खलँती ? जस्ले दाब्यो, धोयो फुक्यो ऊसैको सास फेर्ने। अनि भन, यो मुलुक कंगाल नभए बंगाल हुन्छ त ?

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

हामी को हौं ?-
हामी बहादुर छौं ?
किनभने हामी मुर्ख छौं।
हामी मुर्ख छौं र त,
हामी बहादुर कहिन्छौं।
हामी सबै भेंडा हौं ?
त्यसैले त हामी भिड़ बनाउछौं।
हामी कुकुर हौं ?
तेही भएर खानकै लागि
लुरू लुरू मालिकको पछि लाग्छौं।
हामी विवेक हराएका पशु हौं?,
त्यसैले त नयॉँपुराना सबै भ्रष्टको पछिपछि
ताली पिट्दै हिंड्छौं।
हामी सक्कली अन्धा हौं ?
तेहि भएर पुराना र नयॉँदुवै ठग र
चोरलाई चिन्दैनौ र त पछि लाग्छौं।
हामी सबै दास हौं ?नत्र किन ठग र भ्रष्ट फटाहाहरूको
देवत्वकरण गर्छौं ?हामी लाचार छौं,
बाटोमा पलाएका घास हौं ?
तेहि भएर लुटेरा, ठग, भ्रष्ट माफिया नामका
नेताले राजनीतिक बाटोमा कुल्चदै कुल्चदै हिँड्छन्।
थुक्कः थक्कः छक्कः हाम्रो जुनी ?
बिचारै नगरी ठगलाई देउता भनेर पूजा गर्नी;
पछि पछि ऊसैको लाग्नी।

हामी गुहु र गोबर नचिन्ने ?
कालै देखेर रंग हेरेर
मुछ्ने र घर पोत्ने सपना देख्ने ? अनि ?
हाम्रो घर नगनाए कस्को गन्हाउँछ त
गोबरले पोत्ने को ?
चोरलाई चौतारी दिनी
साधुलाई सुली रोप्नी ?
हामी को हौं ?
बुध्दि र शुध्दि हराएको
जन्तु ।
हामी मान्छे नामको खलँती ?
जस्ले दाब्यो, धोयो फुक्यो
ऊसैको सास फेर्ने।
अनि भन,
यो मुलुक कंगाल नभए
बंगाल हुन्छ त ?

०००
काठमाडाैंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x