जगदीश्वर पाेखरेलचम्चाको चुली
पस्मिना बर्को भाषण चर्को विकास गरेनन् । भण्डार पस्ने सत्तामा बस्ने नेपाल भनेनन् ।।९ लुटेर देश फेर्दै छन् भेष देखियो मुलीमा । नाकको फुली चम्चाको चुली सोझा छन् सुलीमा ।।

जगदीश्वर पाेखरेल :
धर्तीको स्वर्ग लाग्दछ गर्व उज्यालो पूर्णीमा ।
छन् सवा कोटि हीरा र मोती नेपाल भूमिमा ।।१
हिमाली हीरा पारेर चिरा कवाडी बनाए ।
देशमा चर्ने आफ्नै पेट भर्ने नेता झन् गनाए ।।२
भ्याकुर गिँठा सपना मिठा बाडेर चुनाव ।
जनता खिए जितेका थिए लगाए सुहाग ।।३
विकासे नारा टारेर झारा फसायो सत्ताले ।
पालेर गुन्डा नराम्रो धन्दा पुगेन भत्ताले ।।४
बनाए घर ढालेर वर वन भो’ सखाप ।
फोरुवा फर्सा हुँदैन वर्षा सधैँ को अभाव ।।५
जापानी साडी पैसाको हाँडी नराख पालामा ।
काँधमा गम्छा काँटा र चम्चा नाच्दै छन् थालमा ।।६
अमूल्य भोट खप्दै छ चोट नेपाली समाज ।
कम्मर कस्ने सत्तामा बस्ने कहिल्यै नबाझ ।।७
पुर्खाको पाटो मुटु हो माटो सिर्जना फल्ने छ ।
वैरीले पाए लुटेर खाए हृदय जल्ने छ ।।८
पस्मिना बर्को भाषण चर्को विकास गरेनन् ।
भण्डार पस्ने सत्तामा बस्ने नेपाल भनेनन् ।।९
लुटेर देश फेर्दै छन् भेष देखियो मुलीमा ।
नाकको फुली चम्चाको चुली सोझा छन् सुलीमा ।।१०
०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की
Subscribe
Login
0 Comments
Oldest





































