साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को वर्षा पर्खिरहेछौँ

जङ्गलको आगो र शहरको धुवाँले उस्को मेरो, मेरो उस्को नाक जल्छ हिजोको बबण्डर फेरि आउँछ कि भनेर भित्रभित्रै थर्किरहेछौं तर पनि हामी अर्को बर्षा पर्खिरहेछौं ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बच्चा कोरल्न नसकेको
बाँझो समयको काखमा
डङ्रङ्ग पल्टिएर
प..र क्षितिजको घुर्मैलो आकाश नियालिरहेछु
त्यो पनि हाम्रो मानसिक अवस्था जस्तै छ ।
हिजोको गन्धकको मातले दिशा भुलेका
पहेंला बादलहरु
गुप्त उथल पुथलको हुण्डरी त्रास धम्की दिएर
रुखका कापमा
टुसाउँन लागेका बर्तमानका मुनाहरुलाई
सम्पूर्ण रुखैसंग निमोठ्ने भय बेच्दैछन् ।

बर्षा त हिजो पनि कहाँ सजिलो आयो र ?
कानका जाली नै निमोठ्ने
चट्याङ आतङ्क
घरै खरानी बनाउला झैं को
कान्लामुनीको आगो
शनी पूजा
खोरका बोका कुख्रा
गोठका राँगा भैसीको बलिदान
देवीथानका भाकलहरु सबै सबै ब्यहोरेर
बर्षा बोलाएका हौं हामीले
तर
उ पनि फूर्किएर पस्यो घुर्किएर पस्यो
ज्यामिरेलाई भत्काएर पस्यो
छाप्राहरुलाई डस्यो
हाम्रा आस्थाका खेतहरुलाई उँधै लगायो
हाम्रो निरपेक्ष स्वाभिमानलाई
उँधै बगायो
तमास गर्यो र पनि सहनै पर्यो ।

आज जताततै टेक्ने धरातलमा धाँजा फाटेको छ
दिनहुँ सडकमा पयरीय धूलाको जुलुस चल्छ
जङ्गलको आगो र शहरको धुवाँले
उस्को मेरो, मेरो उस्को नाक जल्छ
हिजोको बबण्डर फेरि आउँछ कि भनेर
भित्रभित्रै थर्किरहेछौं
तर पनि हामी
अर्को बर्षा पर्खिरहेछौं ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x