साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हामी…

भूस्वर्गलाई नरकझैँ बनायौँ आफ्नै कर्तुतले डुङ्ग गन्हायौँ जहाँ म जाऊँ अपमान खप्छु विदेश धाई नेपाल जप्छु जे छौँ आज हामी सधन्य छौँ नेपाली साँच्चै सम्पन्न छौँ ।

Nepal Telecom ad

उत्तम विचार :

जो जन्मँदै,
नारामा स्वतन्त्र छौँ
पारामा परतन्त्र छौँ
यत्रतत्र सर्वत्र लमतन्न छौँ
र पनि भनिदिन्छौँ
हो हामी नेपाली
आफैमा सम्पन्न छौँ ।

मागेर कहिल्यै
नथाक्ने छौँ
चिसै छ चुलो
र पनि पाक्ने छौँ
पीडा लुकाई सहजता
फलाक्ने छौँ
न भुस जस्तो न त अन्न हौँ
हाम्रो स्वाभिमान बोल्छ
हामी आफैमा सम्पन्न छौँ ।

सभ्यता मासेर सभ्य छौँ
महल ठड्याई भव्य छौँ
दानी असाध्य एकलव्य हौँ
अग्ला पर्वत आफ्नै शिर हुन्
भन्नै पर्दैन नेपाली वीर हुन्
सबैसँग हामी धन्य छौँ
हान्रो अभिमान बोल्दै छ
हो हामी सम्पन्न छौँ ।

सबथोक पुग्छ
खान सिवाय
अन्यत्र ध्यानै छैन
विदेश जान सिवाय
आयात प्यारो निर्यात छोडी
माग्न सिपालु
दुई हात जोडी
बलबाहुको देश
बाहुबलमा चल्छ
उता चल्छ हावा
यता रुख ढल्छ
नठानोस् कोही बिपन्न छौँ
नेपाली हामी सम्पन्न छौँ ।

पुर्खाको नासो
मासेर खायौँ
सन्ततिसम्म
न केही पुर्‍यायौं
भूस्वर्गलाई नरकझैँ बनायौँ
आफ्नै कर्तुतले डुङ्ग गन्हायौँ
जहाँ म जाऊँ
अपमान खप्छु
विदेश धाई
नेपाल जप्छु
जे छौँ आज हामी सधन्य छौँ
नेपाली साँच्चै सम्पन्न छौँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x