साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे नबनाऊ

निरन्तर बग्नु परोस् बरु नदी बनाऊ रातमा चम्किनु परे परोस् तारा बनाऊ । हिउँको ठिही पिउँला बरु हिमाल बनाऊ बनाउनै परे नेताको अनुहार मिल्दो साँढे नबनाऊ.।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

दैनिक घोटिने शिक्षक बनाऊ
बरु, मन्त्रदान दिने दीक्षक बनाऊ ।
गेटको अगाडिको मूर्तिवत् पाले बनाऊ
विन्ती छ भगवान् । लाज पचेको साँढे नबनाऊ ||

हिउँसँगै जिस्किने डाँफे बनाऊ
तिम्रो चित्तले खान्छ भ्रमर बनाऊ ।
असमर्थ भए दैनिक उम्रिने दारी बनाऊ
विन्ती छ भगवान् ! धोतीविहीन साँढे नबनाऊ ||

आफ्नै बुद्धिले चल्ने पाइलट बनाऊ
अहोरात्र सेवामा खट्ने डाक्टर बनाऊ ।
कुहिनाको छाला जाओस् स्रष्टा बनाऊ
विन्ती छ भगवान् ! छिल्लिएको साँढे नबनाऊ ॥

रात दिन खटिनुपरोस् बरु गृहिणी बनाऊ
प्रसव वेदना बरु सहुँला आमा बनाऊ ।
जे होस् चर्को बुहार्तन केही समयका लागि हो बधु बनाऊ
विन्ती छ भगवान् ! उरन्ठेउलो साँढे नबनाऊ ||

मन लाग्छ हाँगामा भुन्डिएको पिङ बनाऊ
सक्छौँ बच्चा सुताउने आमाको मुखको लोरी बनाऊ ।
सकिंदैन दैनिक चन्दन घोट्ने खोरी बनाऊ
विन्ती छ भगवान् ! लगौटीविहीन साँढे नबनाऊ ॥

निरन्तर बग्नु परोस् बरु नदी बनाऊ
रातमा चम्किनु परे परोस् तारा बनाऊ ।
हिउँको ठिही पिउँला बरु हिमाल बनाऊ
बनाउनै परे नेताको अनुहार मिल्दो साँढे नबनाऊ ||

०००
बड्काैँला (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x