साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खर्क

गणेश र हनुमान दुवै मेरा शक्ति किन चाहियाे कूटनीति किन देशभक्ति पेट भर्न दिए पुग्छ दालभाते थाली भाउ मिले बुझाइदिन्छु थाल हिमाली !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

देख्ने सुन्ने धेरै यहाँ नक्कले नि धेरै
यताउता गुणगान सुनाउँछु मेरै
बिदेसिने धेरै भए अल्छी पनि धेरै
ठगी खाने लुकी खाने स्वभाव हाे मेरै

पर्ख पर्ख जनता हाे हक खाेज्नु हुन्न
पद-पैसा मात्रै लिन्छु काम छुँदै छुन्न
साथी सँगी हिजाे थियौँ आज पालाे दिन्नँ
आजीवन रजाइँ गर्छु भकाराे छाेडिन्न

कस्तो मजा मजै मजा याे राजस्व घिच्न
कर्तव्यकाे टाउको ठाेकी अधिकार खाेस्न
म देशकाे राम्रो मान्छे खान पिउन जान्ने
गैरी फाँट उर्वर खर्क बाँझै राखौं भन्ने

श्रमशक्ति बिदेस्याउने गाउँ रित्याउने
उत्पादन राेकिदिँदा कमिसन आउने
जनशक्ति बिदेसिए हक-माग घट्याे
जति धेरै आयात भाे भागबिलाे बढ्याे

दुवै हातभरि लड्डु कति मिठाे स्वाद
आफ्नै दुनाे नसाेझ्याई के गर्नु खै राज ?
सीमापारि पानी परे छाता ओढ्छु यहाँ
म त साँच्चै बाठाे मान्छे लाज मान्छु कहाँ ?

कराउने हाे सत्ताबाहिर भित्र माेज चैन
घर-बाघ बाहिर म्याउ अर्को रूपै छैन
बाेल्न जान्ने ढाँट्न सक्ने सिपकला भाकाे
यै सिप हाे मेरो शक्ति यसैले हाे खाकाे

गणेश र हनुमान दुवै मेरा शक्ति
किन चाहियाे कूटनीति किन देशभक्ति
पेट भर्न दिए पुग्छ दालभाते थाली
भाउ मिले बुझाइदिन्छु थाल हिमाली !

०००
पर्वत, हाल: काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x