सुरेशकुमार पाण्डेकमाराको छोरा
"छिट्टै घाडी घुमाउँ "- जगमोहनले आफ्नो बिचारमा अडिए। संगम होस्पिटल पनि नजिकै थियो। श्यामले फटाफट गाडी संगमतर्फ घुमाए ।

सुरेशकुमार पाण्डे :
“डाक्टर बेनिप्रसाद भन्ने मानिस् कहाँका रहिछन् ?”- जगमोहनले सोधे !
“हजुर बा चिन्नुभएन ? चिन्नैपर्ने हो हजुरले त ! त्यो केदारलाई भुल्नु भयो र ?”- श्यामले सोध्यो ।
“को केदार ? “-जगमोहनेले प्रतिप्रश्न गरे।
“कस्तो भुल्न थाल्नुभयो हजुरले ! केदार हाम्रो घरमा त्यति लामू समयसम्म कमारो बसेको भुल्नुभयो ?”- श्यामले सोध्यो।
“ए ए त्यो केदारको कुरा गर्यौँ । किन भुल्थे मैले त्यसलाई खुब काम गर्थ्यो त्यसले हाम्रो घरमा ।”
जगमोहनले केही सम्झेको झैँ गर्दै भने।
“अनि त्यो केदारसँग डाक्टर बिनिप्रसादको के सम्बन्ध छ ?”- जगमोहनले थप बुझ्न खोजे।
“डाक्टर बेनिप्रसाद भन्ने मानिस उहि हाम्रो घरमा बसेको कमाराको छोरा हो ।”-श्यामले जानकारी गरायो।
“गाडी रोक !”- जगमोहनले गाडी रोक्न लगाए। “हजुर बा केभयो ?”
श्यामले गाडी किनारामा लगायो र सध्यो।
” के भन्यौँ ? बेनिप्रसाद केदारको छोरा हो !”- उनी आश्चर्य हुँदै अविश्वासिलाे पारामा सोधे। “हजुर ।”-श्यामले प्रष्ट पार्यो।
“गाडी संगम होस्पिटल तर्फ घुमाउँ ।”-जगमोहनले आदेश दिए। “तर आँमालाई त पार्वत मेमोरियल होस्पिटलमा लैजाने भनेको
छन् रिपोर्टको फाइलमा।”- श्यामले हजुर आँमातिर हेर्दै भन्यो। उनी अझै पनि बिसुर अवस्थामै आक्सिजन चडाएरै यहाँसम्म पुगेकी थिइन्।
“हुजर बा ! हजुर आँमाको अवस्था नाजुक छ।”- श्यामले सम्झाउँन खोज्यो।
“छिट्टै घाडी घुमाउँ “- जगमोहनले आफ्नो बिचारमा अडिए।
संगम होस्पिटल पनि नजिकै थियो। श्यामले फटाफट गाडी संगमतर्फ घुमाए ।
“सरी सर हृदयको सर्जन डाक्टर बेनिप्रसाद हुनुहुन्छ। पार्वता मेमोरियल होस्पिटल छिट्टै पुराउँनुहोस्।”-डाक्टरले भने।
“साहिद् डाक्टर साहिब यतै हुनुहुन्छ होला ?”- डाक्टर विनयले थप सुझाए।
“सर !” डाक्टर साहेब “- बेनिप्रसादले सबै रिपोर्ट चेकगरे।
“ओहो ! तुरून्तै अप्रेसन थियटरमा पठाउँ ।”-उनले आदेश दिए।
अनि आफै सबै तैयारी गरेर आफ्नो टीम सहित ट्रमासेन्टरमा पुगे।
” सर ! ढिला भैसकेको थियो तर पनि अप्रेसन सफल भयो।”-बेनिरामले करिब चार घन्टा पछि खुसिको खबर सुनाए ।
“मेरो सोंच पुरानो रहिछ आज बल्ल महसुस भयो।”- जगमोहन भावुक हुँदै बिनिप्रसादलाई दुबैहात जोड्दै भने।
०००
घोराही- १८, दाङ
Subscribe
Login
0 Comments
Oldest





































