साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्थाको स्याहारसुसार

उमेर बढ्दै जाँदा मानिस समाजसँग पर हुँदै जान्छ र समाजसँग उसको सम्बन्ध बदलिन्छ । प्राय समाजले नै पहिलो बढो व्यक्तिसँग सम्बन्ध विच्छेद गर्दछ।

Nepal Telecom ad

बुढ्याैली विषयका अभियन्ता चट्याङ मास्टरकाे सक्रियता र पहलकदमीले नेपालमा अहिले बुढ्याैली विषय कक्षा ११ काे पाठ्यक्रममा समावेश गरेर पठनपाठनकाे अभ्यास शुरू भएकाे छ । पाठ्यसामग्रीका रूपमा संयाेजित दुइवटा पुस्तक फित्काैलीमा प्राप्त भएका छन् । अस्मिता प्रकाशनबाट प्रकाशित यी पुस्तकका लेखक हुनुहुन्छ चट्याङ मास्टर, प्रकाश गाैतम, डा. बाबुराम अधिकारी, देवीप्रसाद घिमिरे र गीता भट्टराई । लेखकहरूकाे आग्रह र जेष्ठनागरिक प्रतिकाे दायित्वबाेध गर्दै उक्त पुस्तका आधारभूत अंशहरू फित्काैली डटकमले बुढ्याैली साहित्य काेलम अन्तर्गत क्रमश: प्रविष्ट गरिरहेकाे छ । सम्पादक

०००

जेरेन्टोलोजी
आजको विज्ञान र प्रविधिको युगमा विश्वमा विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान भइरहेका छन् । बुढ्यौलीपन र बुढ्यौली जनस‌ङ्ख्यालाई लक्षित गरेर, बुढ्यौली जनसङ्ख्याको विविध पक्ष संगै सम्बन्धित हुने गरी गरिने अध्ययन, अनुसन्धानलाई जेरेन्टोलोजी (बुढ्‌यौली शिक्षा) भनिन्छ। पहिलेको विश्व उच्च प्रजनन दरको अनुभवमा जनसङ्ख्या वृद्धिको तीव्रतामा गुज्रिरहेको थियो। आजको वर्तमान विश्व भनेको बुढ्यौली शताब्दीको रूपमा चिनिन्छ। एकातर्फ विश्वमा प्रजनन दरमा कमी आउँदै गएको छ भने अर्कातिर चिकित्साशास्त्रको अद्भुत उपलब्धिले व्यक्तिमा दीर्घजीवनको दर बढेको छ। मृत्युदरमा निक्कै कमी आएको छ। व्यक्तिको औसत आयु बढ्‌दै गएको छ त्यसको तुलनामा जन्मदर घट्‌दै गएको अवस्थामा रहेको छ।

दिनप्रतिदिन वृद्धि हुँदै गएको ज्येष्ठ नागरिकहरूको सङ्ख्यालाई व्यवस्थापन गर्न विश्वलाई जटिल चुनौती थपिएको छ। ज्येष्ठ नागरिकहरूको स‌ङ्ख्यामा भइरहेको क्रमिक वृद्धिसँगै सामाजिक कल्याणकारी कार्यक्रमहरू सञ्चालनको आवश्यकता बढेको छ। वृद्धा उमेरका (पाका) मानिसहरूको ज्ञान, सिप र अनुभवलाई के कसरी राष्ट्रिय समृद्धिमा सदुपयोग गर्न सकिन्छ ? उच्च मनोबलका साथ ज्येष्ठ नागरिकहरूको सम्मानित जीवन के कसरी व्यवस्थित गर्न सकिन्छ ? सामाजिक जीवनमा ज्येष्ठ नागरिकहरूको भूमिका कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण क्षेत्र नै जेरेन्टोलोजी (बुढ्‌यौली शिक्षा) हो।

ज्येष्ठ नागरिक लक्षित कल्याणकारी नीति र कार्यक्रमहरू कार्यान्वयनमा के कसरी ल्याउन सकिन्छ ? ज्येष्ठ नागरिकहरूको गुणस्तरीय जीवनसँगै सम्बन्धित समस्या र समाधानका उपायहरूको खोजी गर्न गरिने अध्ययन अनुसन्धान, विश्लेषण, तुलनात्मक अध्ययन आदिको खोजी गरेर निचोडमा पुग्नका लागि बु‌ढ्याैली अध्ययन वा जेरेन्टोलोजीको महत्त्वपूर्ण भूमिका रहेको छ ।

जेरेन्टोलोजी अध्ययनको आवश्यकतालाई बुँदागत रूपमा निम्नअनुसार उत्लेख गर्न सकिन्छः

• ज्येष्ठ नागरिकसम्बन्धी नीति निर्माण, योजना तर्जुमा तथा कार्यक्रम उत्पादन र सञ्चालनका लागि,

• सामाजिक सुरक्षा कार्यक्रमको औचित्य, प्रभावकारिता अभिवृद्धि गर्नका लागि,

• ज्येष्ठ नागरिकहरू अथाह अनुभव, ज्ञान र सिपका भण्डार भएको हुँदा उनीहरूको ज्ञान, सिप र अनुभवलाई सामाजिक जीवनमा प्रयोगमा ल्याएर सामाजिक रूपान्तरण गर्न,

• समाजमा ज्येष्ठ नागरिकहरू प्रति हुने दुर्व्यवहारका घटनाहरूमा कमी ल्याउन त्यसैसँगै सम्बन्धित सूचनाहरूको स‌ङ्कलन विश्लेषण गर्न,

• ज्येष्ठ नागरिकहरूका मौलिक हक अधिकारको संरक्षण संवर्धन गर्न। राज्यले गरेका कार्यको विश्लेषण गर्न, आवश्यक तथ्यपरक सूबना र सुझावहरू दिन, भविष्यमा आउने चुनौतीहरूप्रति सजग गराउन,

• कुनै पनि राष्ट्रको समग्र विकास गर्न त्यस राष्ट्रका ज्येष्ठ नागरिकहरूको जीवनस्तरमा सुधार त्याउनुपर्दछ । ज्येष्ठ नागरिकहरूको जीवनस्तर अध्ययन, विश्लेषण अनुसन्धान गर्नका लागि बेरेन्टोलोजी बुढ्‌यौली शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ।

ज्येष्ठ नागरिक
मानिसमा स्वाभाविक रूपमा आउने विभिन्न किसिमका विचारहरूलाई अनुशासित राख्न सिद्धानों आवश्कता पर्दछ । सिद्धान्त भन्नाले वस्तुगत अनुसन्धानबाट प्राप्त निष्कर्षहरूको आधार हो, जसलाई मापदण्ड मानेर वर्षों अनुसन्धानहरू गर्न सकिन्छ, लाई जनाउँछ । उमेरिनु (बुद्धिनु) (Aging) भनेको समा बिताउनु मात्रै होइन । शारीरिक रासायनिक तत्त्वहरूको अन्तरक्रियाका परिणामहरू प्राकृतिक कारण समयअनुसार क्रमश देखिदै जाने प्रक्रिया हो तर उमेरिनुको निर्विवाद परिभाषा छैन ।

बुढ्यौली विज्ञान (Gerontology) भनेको उमेरिने प्रक्रिया वैज्ञानिक अध्ययन हो। बुढ्यौली रोग विज्ञार (Geriatrics) भनेको बुढो वृद्ध शरीरमा हुने समस्याहरूको अध्ययन हो। बुढ्यौली विज्ञानका सिद्धान्तहरूस निम्न आधारहरू हुनुपर्दछ ।

शारीरिक सिद्धान्तका आधार
क. उमेरसँगै शारीरिक कार्यक्षमतामा परिवर्तन आउँदै जानुका कारणहरूको व्याख्या हुनुपर्दछ ।

ख. त्यस्तो क्रमश हुने शारीरिक क्षमताको द्वास किन रोक्न सकिन्छ भन्ने व्याख्या हुनुपर्दछ ।

ग. त्यस्तो प्रक्रिया किन सबै मानिस, जातिमा हुन्छ भने व्याख्या हुनुपर्दछ ।

मनोवैज्ञानिक सिद्धान्तका आधार
मनोवैज्ञानिक सिद्धान्तको मूल आधार के हो भने मानिस बुढो भएपछि उसको व्यवहारमा परिवर्तन आउँछ, समाजमा उसको संलग्नता परिवर्तित हुन्छ र उसले गर्ने कामहरूमा परिवर्तन आउँछ ।

बुढ्यौलीको क्रममा आउने मनोवैज्ञानिक परिवर्तनहरूलाई व्यक्तिको व्यवहारमा देखिने परिवर्तनको आधारमा पहिचान गरिन्छ।

सामाजिक बातावरणका कारणते व्यक्तिको बुढ्‌यौलीको प्रक्रियामा परेका असरलाई र त्यस्ता व्यक्तिले समाजमा पार्ने असरलाई बुढ्यौलीको प्रक्रियाको सामाजिक पक्ष भनिन्छ । हरेक बुढो व्यक्ति पूर्ण मनुष्य हो ।

मनोवैज्ञानिक सिद्धान्तका चार पक्षहरू
क. विच्छेद सिद्धान्तः उमेरिने प्रक्रियाका सिद्धान्तहरूमध्ये यो पहिलो औपचारिक सिद्धान्त हो । उमेरिने क्रममा व्यक्तिको अरुणिको सम्बन्ध कम हुँदै जान्छ र बाँकी सम्बन्धहरूको प्रकृति परिवर्तित हुन्छ । सक्छन् । त्यस्तो सम्बन्ध विच्छेद पूर्ण वा अर्थ हुन सक्छ । उमेर बढ्दै जाँदा मानिस समाजसँग पर हुँदै जान्छ र समाजसँग उसको सम्बन्ध बदलिन्छ । प्राय समाजले नै पहिलो बढो व्यक्तिसँग सम्बन्ध विच्छेद गर्दछ।

ख. क्रियाकलाप सिद्धान्तः बुढो व्यक्तिले के कस्तो क्रियाकलाप गर्छ भन्ने कुरा उसको आफूप्रतिको धारणामा भर पर्दछ । आफूप्रति सकारात्मक धारणा राख्ने व्यक्तिले उमेरका कारण गर्न नसक्ने वा नमिल्ने काम छोड्दछ तर गर्न सक्ने र मिले अरू काम गर्न थाल्दछ । व्यक्तिले आफू बढो भएको तथ्य अचानक महसुस गर्छ ।

ग. जीवन यात्रा सिद्धान्तः जीवन यात्रा सिद्धान्तको मुख्य आधार के हो भने जीवन क्रमश विभिन्न चरणबाट अगाडि बढ्छ । हरेक एक चरणबाट क्रमशः अर्को चरणमा जाँदा हुने शारीरिक र मानसिक परिवर्तनसँगै व्यक्तिको व्यवहार र समाजसँगको उसको सम्बन्ध पनि परिवर्तन हुन्छ । बाल्यकाल जस्तै बुढ्‌यौली पनि जीवनको एक चरण हो।

घ. निरन्तरताको सिद्धान्तः मानिस जुन अवस्थामा छ त्यसैलाई निरन्तरता दिन प्रयत्नशील रहन्छ । उमेरिंदै जाँदा आफ्नो अवस्थालाई निरन्तरता दिन उसले आफ्नो व्यवहार र सम्बन्धमा परिवर्तन गर्छ तर मूल लक्ष्य भनेको निरन्तरताको खोजी नै हो।

०००
बुढ्याैली तथा स्याहार शिक्षा (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x