साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरका नाममा एक नसियतनामा

भक्तहरूकै कारण आफूले पूर्णता पाएको भुलेर आफ्‌नै भलाइ हुने काम पनि गर्दैनौ भने त तिमीले पनि भोकभोकै रहनू पर्नै दिन नआउलान् र ! होस गर है प्रभू ! होस गर !! समय छँदै होस गर ।

Nepal Telecom ad

हरि कोर्काली :

धेरै दिन
दोजिया भएर रहनु पनि नपर्ने
मिलनको अमृत ओइलन नपाउँदै
च्याहाँर चुहुँर पनि सुरु भैहाल्ने
प्रसवपीडाले छुँदै नछुने
नारीको कुमारीत्वमा पनि कुनै क्षति नपुग्ने
शिशुहरूको लालन, पालन र शिक्षा दीक्षाको
जिम्मेवारी पनि लिनै नपर्ने
जन्मनासाथ आफ्‌नो बाटो आफै लाग्ने
स्वत हुर्कंदै
ज्ञानी, गुणी र विद्वान् हुने
समय समयमा आएर
बा–आमाको हेरविचार पनि गरि नै रहने
छँदाछँदैको यस्तो रोज्जा प्रविधि
लुकाएर
किन प्रभू !
दशदश महिना दोजियाको कष्टभार
बहन नगरी नहुने
प्रसवपीडा पनि सहनैपर्ने
नारीको आकर्षण पनि
एकै बेतले झिरिप्पै पार्ने
शिशुहरूको स्याहार र शिक्षा, दीक्षाको भार पनि
नव्यहोरी नहुने
यस्तो अति गाह्रो र
आजको परिस्थितिमा त
झन् झन् गाह्रो हुँदै गएको
प्रविधि मात्र किन दियौ हामीलाई ?
के हामी पनि
पराशर र मत्स्यगन्धा सरह नै
तिम्रा आफ्‌नै सन्तान हैनौं र ?
यस ग्रहमा त प्रभू !
मानिसहरू
यस्तो गाह्रो प्रविधिको पछि लागि रहनुभन्दा त
निसन्तान रहनू नै वेस भन्न थालिसके
र यस्तै हो भने
एक दिन यस ग्रहमा
तिम्रो भक्तिगर्ने पनि कोही नहुने भए
प्रभू ! कोही नहुने भए ।
तिम्रो रोजाइ नै यस्तै हो कि
भुलबस् यस्तो हुन गयो ?
भुलबस् नै हो भने
त्यो तिमीले पराशर र मत्स्यगन्धालाई
खुसुक्क एक पटकलाई मात्र दिएको प्रविधि नै
सधैंका लागि हामीलाई दिएर
यो ग्रहलाई अब
आफ्‌ना भक्तरहित हुनबाट
जोगाउनु परेन र ?

भक्तहरूकै कारण
आफूले पूर्णता पाएको भुलेर
आफ्‌नै भलाइ हुने काम पनि
गर्दैनौ भने त
तिमीले पनि
भोकभोकै रहनू पर्नै दिन नआउलान् र !
होस गर है प्रभू ! होस गर !!
समय छँदै होस गर ।

०००
मेलबोर्न
२०७९/८/२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x