साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असत्तीहरूकाे कुनै धर्म हुन्न

गरा भीर पाखा, कुना टाकुरा छन् । लुला लङ्गडाका, बिलौना यहीँ छन् ।। कठै रुग्ण अन्धा, दशा मारमा छन् । मुसा स्याल ब्वाँसा, महाराज बन्छन्।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

सदाचार श्रद्धा, र माया बिलायो ।
दुराचार हिंसा, खुराफात जाग्यो ।।
भला नीति धर्ने, सफा चित्त छैन ।
असत्तीहरूका, कुनै धर्म हुन्न ।।-१

पिता मातृ गाई, दपेटेर खेद्छन् ।
बिरालो र कुत्ता, चुमी काख राख्छन्।।
भला साधु सोझा, लतारेर हिँड्छन् ।
नराम्रा प्रथाका, सभा भेट गर्छन् ।।-२

यहाँ चोर जाली, फटाहा रमाए ।
सयौँ काण्ड रच्दै, करोडौँ कमाए ।।
ठगी भ्रष्ट ज्याद्रा, यहाँ छन् कुकर्मी।
घमन्डी खराबी, अझै छन् अधर्मी।।-३

गुठी धर्मशाला, पुजारी हटाए ।
छली धूर्त डाँका, मिली लुट्न पाए।।
उरालेर नारा, र बाजा बजाए ।
दिलाएर आशा, निचोर्दै रमाए ।।-४

गढी धाम किल्ला, धुरा दूर हुन्छन् ।
सुगा काग मैना, खुबै दिक्क मान्छन्।।
यहाँ साधु निर्धा, सधैँ रिक्त हुन्छन् ।
सबै ठालु हाम्रा, अहो ! बाघ बन्छन् ।।-५

गरा भीर पाखा, कुना टाकुरा छन् ।
लुला लङ्गडाका, बिलौना यहीँ छन् ।।
कठै रुग्ण अन्धा, दशा मारमा छन् ।
मुसा स्याल ब्वाँसा, महाराज बन्छन्।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x