अमर सन्ततितीन ठोक्तक
तपाईँ नै मेरो पालनहार, बिघ्नहर्ता, अब त म पनि तपाईँको झोले बन्छु ।

अमर सन्तति :
१.
आपसमा फाटो राख्यौ
दागैदागको टाटो राख्यौ
सल्बलायो भन्छौ प्रतिगामी,
सल्बलाउने बाटो राख्यौ ।
२.
कतै साली छन् कतै सालो
गणतन्त्र भो फाट्या टालो
बाँकी होलान् भान्जाभान्जी,
कुरी बस्या आफ्नो पालो ।
३.
तपाईँले पिउँन सक्ने खोले बन्छु
तपाईँलाई बोकी हिँड्ने डोले बन्छु
तपाईँ नै मेरो पालनहार, बिघ्नहर्ता,
अब त म पनि तपाईँको झोले बन्छु ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































