साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ पट्यार लाग्दो यही जिन्दगानी !!

सिँगारेँ मजाले सबै देह भन्दै बसेँ नोट ज्यादा नयाँ भित्र गन्दै ! भयो भार अग्लो धनीको जवानी छ पट्यार लाग्दो यही जिन्दगानी ! न खोजेँ छ बल्ने कतै चेतज्योति धराधाम गैह्रो चमत्कार मोती ! सबै मार्ग खाली छु सुख्खा खरानी छ पट्यार लाग्दो यही जिन्दगानी !!

Nepal Telecom ad

कलानिधि दाहाल :

न चाहेर आएँ न चाहेर जान्छु
न नाना र खाना नयाँ सोख मान्छु !
चढूँ शैल भन्दा म खोलो सिरानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

म ज्वालामुखीझैँ बलूँ ज्योति भन्थेँ
सधैँ नेत्र खोलेर तारा म गन्थेँ !
न आकाश पाएँ न तारा बिहानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

म सानो मुना हेर्दथेँ टारबारी
भई साहसीझैँ शिलाफाँट घारी !
लिएँ स्वप्न ज्यादा छु जानी नजानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

कुदेँ हर्ष आक्रोशका वेग बोकी
पढेँ कण्ठ घाँटी कराएर घोकी!
निराधार सारा रहेछन् कहानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

गरी लोभ धेरै म लोभी भएँछु
परी प्यार नाचेँ म भोगी रहेँछु !
तिनै गन्धका अन्ध आँखा जवानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

म माया भुलेको भ्रमी जालभित्र
उठाएँ उचालेँ अहङ्कार चित्र !
निराकार देख्दै छु आकार तानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

रटेँ देश बोकेँ र झण्डा उठाएँ
लगाएर नारा धनी बन्न पाएँ !
भए यी चिताका अँध्यारा कहानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

सिँगारेँ मजाले सबै देह भन्दै
बसेँ नोट ज्यादा नयाँ भित्र गन्दै !
भयो भार अग्लो धनीको जवानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

न खोजेँ छ बल्ने कतै चेतज्योति
धराधाम गैह्रो चमत्कार मोती !
सबै मार्ग खाली छु सुख्खा खरानी
छ पट्यार लाग्दो यही जिन्दगानी !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x