साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानसिक दासता र हनुमान-कवच

वास्तवमा- हनुमानहरु कै उपस्थितिमा हो कुनै राम देउता भए झैँ लाग्ने दासहरु कै भीडमा हो कुनै शोषक मालिक भए झैँ लाग्ने र चेतना कै अभावमा हो निर्जीव ढुङ्गाहरु पनि देउता झैँ लाग्ने ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

विवेकलाई हनुमान-कवचले ढाकेपछि
देखिँदैन
रामको ढाडमाथि लडिबुडी गरिरहेका काला भैंसीहरु
जसरी देखिन्छ
मालिक वा रामकै दिव्य ज्योतिको प्रकाशमा
अरुको आङमा सलबलाई रहेका मसिना जुम्राहरु
त्यसैले, भक्तहरु
गर्दैनन् आफ्नै समान्य बुद्धिलाई दुखः दिने कष्ट पनि
अनावश्यक, उठाउछन् बरु ठूला पर्वतहरु
भक्तहरु, गर्दैनन् आफ्नै विवेक र चेतनाको उपयोग पनि
व्यर्थै, उभिन्छन् बिच सडकमा र कोपर्छन् आफ्नै छातिहरु
हुनसक्छ-
कुनै समयको राम आदर्श बन्ने प्रयत्नडमा थियो
र, हनुमान निष्ठा र प्रतिवद्धताको प्रतीक

मानसिक दासताको प्रतीक-चिन्ह, हनुमान-कवच
गर्वसाथ धारण गरेर छातिमा
विचार, सिद्धान्त र आदर्शका सिपाही जस्तै लाग्ने
नक्कली लक्ष्मणहरु
आफ्नै चेतना विरुद्ध कोर्छन् सक्कली लक्ष्मण-रेखाहरु
र धाउछन् शासकहरुका घर आँगन
लोभ, लालच र कुण्ठाग्रस्त दिमाग सहितको शीर उचालेर
दरबार अर्थात् शासकहरुका घर आँगनमा भेला भएर
मनाउछन् उत्सव र भट्याउछन् वेमौसमका द्यौसी भैलोहरु
उस्तै परे नाच्छन् मारुनी र खेल्छन् रत्यौली पनि
प्रदुषणको कालो तुवाँलोले धूमिल “राम”लाई
बिचमा राखेर खिच्छन् आधुनिक दासत्व झल्काउने तस्बीरहरु
र पोष्ट्याछन् समाजिक सञ्जालका भित्ताभरी गर्वसाथ
अर्थात् यसैगरि कथित चेतना अझै बन्धक, अनि बाँचिरहेछ
राम र हनुमान बिचको भक्तिभाव
मालिक र दास बिचको अर्थशास्त्र
अनि धर्म र अन्धविश्वास बिचको अन्तरसम्बन्ध

वास्तवमा-
हनुमानहरु कै उपस्थितिमा हो
कुनै राम देउता भए झैँ लाग्ने
दासहरु कै भीडमा हो
कुनै शोषक मालिक भए झैँ लाग्ने
र चेतना कै अभावमा हो
निर्जीव ढुङ्गाहरु पनि देउता झैँ लाग्ने ।

०००
चण्डाेल, काठमाडाैं
२०८१ चैत २६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x