साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै कुन रहरले मास्टरीमा आइयो !

कुनै दिन हाकिमलाई ताते हिँडाइयो । उनैबाट उपेक्षाका कोसेलीपात समाइयो । खै कुन रहरले मास्टरीमा आइयो । एक पल जुनेली निम्ति कैयौं प्रभात गुमाइयो ।

Nepal Telecom ad

युगल बसेल :

खै कुन रहरले यस ओहोदामा आइयो ।
एक मुस्कान कमाउन सय घात पचाइयो ।।

नसोध्नु महल, कार,जवाहरात के कमाइयो ।
आफू त दुई चार थान धन्यवादमै रमाइयो ।।

गति, बल सिकाइयो प्रकाश बुझाइयो ।
तर यहाँ दुर्बल भई काला रात बिताइयो ।।

कैयौँ जाँच चलाइयो परीक्षा पास गराइयो।
आफ्नै खाँचोको जाँचमा माथै माथ खाइयो।।

चुनाव जिताइयो, विधायक बनाइयो ।
ऐन माग्दा तिनैबाट भाका म्याद पो पाइयो।।

कुनै दिन हाकिमलाई ताते हिँडाइयो ।
उनैबाट उपेक्षाका कोसेलीपात समाइयो ।।

खै कुन रहरले मास्टरीमा आइयो ।
एक पल जुनेली निम्ति कैयौं प्रभात गुमाइयो ।।

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x