साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो अक्कल मेरै सक्कल

त्यो छुद्रग्रह कता कस्काे पुर्पुराेमा बज्रियाे मैले शंका त गरे तर पत्तो पाइन । हुस्सु हराम छु म । दूषित मल धेरै भएर त हाेला मेरो भागमा कस्तो छिटो अग्राख पलाएको । हत्तेरीका ।

Nepal Telecom ad

शेषराज भट्टराई :

एकपटककाे कुरा हाे । मेरो एकजना मगर साथी थियोे । तेतिखेर पढाइ खर्च जुटाउन म एउटा कपडा पसलमा काम गर्थेँ । उ मेरो हेल्पर थियो । उस्काे नाम मान बहादुर थापा । घर नारायणघाट भन्थ्याे । उस्ले सँधै भीषण रक्सी पिउने गर्थ्याे । साहुजीले तलब दिएपछि त्यो तलब नसकीयसम्म पसलमा आउदैन थियोे । काम गर्नेकाे खाचो भएर हाेला ढिलो भएपनि ५/७ दिन नआएपनि भैहाल्याे भन्दै काममा राख्ने गर्थ्याे ।

एकपटक त्यसैगरी तलब बुझेर गयो तर काममा आएन । पैंतीस दिनपछि म बस्ने काेठामा भट्टराई दाइ भन्दै भेट्न आयो । मैले काममा किन नआएको भने । उस्ले भन्यो बर्बाद भयो । अब त मलाई राख्दैन पनि हाेला । केही उपायभए गरिदिनु न । अनि मैले भने बाबू आमा छन् कि छैनन् ? छैनन भन्यो । काका काकी ? काका काकी छन् । य त्यसाेभए यसाे गर ल हिड हजामकामा । कपाल खाैरिन लगाएँ अनि काका बितेर आउन पाइन भन राख्छ भने । उस्ले त्यसै भन्याे र फेरि साहुले काममा राख्याे ।

अर्को घटना तेतिखेर वारयार भन्ने चाइनिज जुत्ता चलनचल्तीमा आएको थियोे । मैले आफ्नो बेतन जाेगाएर त्यो जुत्ता किने दुइसय पचासमा । काेठामा एकजना पाल्पाको दामोदर काेइराला ( नगरपालिकामा अस्थायी जागिरे ) थियोे । नयाँ एकपटक पनि नलगाएकाे जुत्ता काेठामा छाेडेर गएँ । भरे साँझमा आउदा जुत्ता थिएन । कस्ले लग्यो भने थाहा छैन भन्यो । अनि म त्यो साथीसँग बस्न छाेडे । लगाउन नपाएपनि मनमा त्यो जुत्ताको छाप ताजै छ ।

जहिल्यै पनि म धेरैजसाे हस्याङ्फस्याङ्मैमै हुन्छु । किनकि मेरो प्राविधिक धन्दा धान्नु छ र उब्रिएकाे समय अक्षरमाला उन्नुछ । त्यसैले हाेला घरबाट छिटोछिटो चलायमान हुन माेजा जुत्ता लगाएर पसल गएँ । पसलमा प्राविधिक कामले ब्यस्त बनाउछ तैपनि जाडोयाम एउटा खुट्टा तातो अर्को चिसाेकाे अनुभव भैराखेकाे थियोे । राति घरमा गएर जुत्ता खाेलेर हेरेको एउटा खुट्टामा माेजै थिएन ।
एकपटक कृष्णजन्माष्टमीकाे दिन थियो । पाेखरा परिक्रमा गरेर कृष्ण भगवानकाे झाँकी बिन्दवासिनी मन्दिरमा गएर भजन कृतन र सम्मान कार्यक्रम थियोे । मलाई पनि सम्मानकाे खाेस्टाे दिने भनेको हुनाले नयाँ ६ सय हालेर लक्जरी किट्टाे भन्ने चप्पल किनेर लगाएर गएँ । भजन कृतनमा मन गयो । चप्पल फुकालेर बाहिर नै राखे र भित्र गएर यावत कार्यक्रममा ब्यस्त भएँ । सभा विसर्जन पछि घर आउन चप्पल खाेजे थिएन । मेरो चप्पल कुन भक्तजनले उछिट्यायाे पत्तै भएन । त्यसपछि बिन्दबासिनी मन्दिरबाट सम्मानकाे खाेस्टाे हल्लाउदै खाली खुट्टा बजारैबजार घर ।

अहिले पछिल्लो समय एउटा चेतावनी मुलक म्यासेज आयो आनन्दले निदाइराखेकाे मेरो माेवाइलमा । भैपरिआए त्यसको भागीदार म आफैं हुनुपर्ने भन्ने चेतावनी थियोे । उहाले बाेलेपछि सक्कियाे फरकै पर्दैन । १० बर्ष अगाडि उहाँको यस्तै म्यासेजले गर्दा मेरो सिउर पलाएको थियो । म नाम्ले परेको बाेकाेझैं खुसीले पुलकित हुँदै च्यापु फुलाएर बसे । बढीमा ५/७ दिन सम्ममा छुद्रग्रह मेरो टाउकामा बज्रिने आसले आफैं ठालू बन्दै छाेराछाेरी ,श्रीमती , छरछिमेक साथीभाइ सबैलाई माैका मिलाइजुलाइ भएपनि आफ्नो बढप्पन प्रकट गरें ।

आज महिनाै ब्यातित भयो तर छुद्रग्रहकाे हावाले पनि मलाई छाेएन । अन्तमा उहाले नउम्लिन आग्रह गर्दै भन्नुभएको थियोे समय कलबिष छ के ठेगान रातगए अग्राख पलाए हुन पनि सक्छ । त्यो छुद्रग्रह कता कस्काे पुर्पुराेमा बज्रियाे मैले शंका त गरे तर पत्तो पाइन । हुस्सु हराम छु म । दूषित मल धेरै भएर त हाेला मेरो भागमा कस्तो छिटो अग्राख पलाएको । हत्तेरीका । च्वच्व उम्किएकाे माछाे ठूलो भन्थे हाे रहेछ ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x