साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टर्नी उर्फ देवका मिस

नमस्कार सिकाएर पठाएकाहरूले जाने हुन्थ्यो नमस्कार गर्न सिर्फ यत्ति सोचेर आफ्नो सम्पूर्ण ऊर्वर समय कक्षाकोठामा खर्चिरहेकी म उही क्या बुढी मास्टर्नी उर्फ देवका मिस !

Nepal Telecom ad

अमला अधिकारी :

नमस्कार !
म मास्टर्नी उर्फ देवका मिस
वर्षौँ भयो म मास्टर्नी भएको
मास्टर्नी भएकै कारण
म असल छोरी हुन सकिन
म आज्ञाकारी बुहारी हुन सकिन
म मायालु पत्नी हुन सकिन
म सफल आमा हुन सकिन
अझ यो बौद्धिक समाजले मलाई नै भन्छ
‘लोकसेवा पास गर्न नसकेर मास्टर्नी भएकी !’

म भन्छु, ‘म मास्टर्नी भएर नै
यो समाज सबथोक भएको
मैले केही नजानेर नै
यो समाज यति जान्ने भएको
अरूलाई अरू धेरै बनाउँदाबनाउँदै
आफू आफैँ हुन नसकेकी
म मास्टर्नी उर्फ देवका मिस ।’

चारोसमेत टिप्न नजानेका बचेराजस्ता
कैयौँ नानीहरू आए
अक्षर टिप्नसक्ने भएर गए
मेरै कर्मको कारखानाबाट ।
मेरै पाइला पछ्याउँदै हिँड्न सिकेकाहरू
विश्वभ्रमणमा निस्किसके
मेरै शब्द टिपेर हिँडेकाहरूले
शब्दकोश निर्माण गरिसके
उनीहरूको खुसीमा खुसी भएको मुस्कान
बुढो भइसक्यो कि तरुनै छ

उनीहरूका दुःखमा रुझेका परेलाहरू
चिम्सा भइसके कि पोटिलै छन्
यति पनि हेर्न जान्दिन
बस् यत्ति जान्दछु
क पछि ख आउँछ
एकमा एक जोड्दा दुई हुन्छ ।

मेरो यौवनको रापिलो घाममा
कैयौँका भविष्यको बिस्कुन सुक्यो
मेरा कुमारी रहरहरूसँग
कैयौँले लक्कु ढलाइ र नेताचिनी खेले
मेरै उमेरको काँध चढेर
कैयौँको विद्वता तन्नेरी भयो
ओ समाजका बौद्धिक वर्ग !
तिम्रो बौद्धिकताको अग्लो पर्खालको
जगमा पनि
यिनै साना अक्षर र अङ्क त होलान् नि होइन र ?

उडेपछि बचेराले
नबिर्से हुन्थ्यो गुँड
फुलेपछि कोपिलाले
नभुले हुन्थ्यो माली
नमस्कार सिकाएर पठाएकाहरूले
जाने हुन्थ्यो नमस्कार गर्न
सिर्फ यत्ति सोचेर
आफ्नो सम्पूर्ण ऊर्वर समय
कक्षाकोठामा खर्चिरहेकी
म उही क्या
बुढी मास्टर्नी उर्फ देवका मिस !

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

उक्ति वैचित्र्य

Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x