शेषराज भट्टराईपशुपतिसँग पुकारा
हे प्रभु ! अरुसब हरण गरे पनि मेरो नक्कली दात चाहिँ फिर्ता गरिदेउ । अन्यथा याे उखर्माउलाे महंगीमा मैले दन्तेमाेहनी नलगाई कसरी गुजारा चलाउने ? हरिशरणम् ।

शेषराज भट्टराई :
बुढेसकालमा धर्म गर्नुपर्यो भनेर पशुपतिनाथकाे मन्दिर गए । गाैशालादेखि हिड्दै जानू पर्ने रहेछ । बादरबाट जाेगिदै छल्लिदै बल्लबल्ल हिँड्दै गएँ। वर्षाकाे समय एकहातमा लाैराे छाता एकहातमा फूलपाती धुप अक्षता अबिर केशरी र धतुराेकाे दाना बेलपत्र सहितकाे पलास्टिककाे झाेला काँधमा रामनामी र अर्को सानो पलास्टिककाे झाेलामा आफ्नोे अगाडिपटिकाे ४ वटा पाेखरामा बनाएकाे पाल्कीदार नक्कली दाँत थियो ।
यी दात हल्का खुराक चपाउन साथै बेलाबेलामा दन्तेमाेहनी लगाउन खुब काम लाग्छ । पशुपतिमा निकै लामो लाइन देखेर पहिलेनै हरेस खानमन लाग्यो । यसाे हेरे । भगवान पशुपतिकाे दर्शन गर्न नपाइ दुई हात जाेडेर पुकारा गर्न नपाइ पुलिसले तानेर गइहाल भन्दाे रहेछ । तेसरी त खै कसरी धर्मार्जन हाेला र भन्दै लाइनमा उभिए। हिड्नु पर्दैन रहेछ । भक्तजनले ठेल्दै, बेल्दै, पेल्दै, घचेट्दै, अचेट्दै, पशुपतिका चारढाेका चादिका भनेकै ठाउँमा पुर्याउदा रहेछन् । अनि भारतीय भट्टसँग भट्टराईको आखा झट्ट जुध्याे । यत्रा जिउदा नेपाली हुँदाहुँदै कताबाट मरेका भट्ट ल्याका हाेलान् यी लुते नेताले भन्ठाने ।
मैले दिनै नपाइ भट्टले झट्ट मेरा हातबाट पलाष्टिकका झाेलाहरु थुतेर आराध्यदेव पशुपतिकाे थाप्लामा खन्याइहाल्याे । प्रहरीले अरुले पनि हरिकाे दर्शन गर्नुपर्छ भन्दै मेरा खिनाउरा पाखुरामा समातेर निकालीहाल्याे । केबिधि घचाराे केबिधि घुइचाे । पल्याटी कसेर बसेर भगवान्को पुजा गराैला भनेको अचेटेर मराैलाझै बनाए । लट्ठी टकटक बजाउँदै बाहिर निस्किएँ । अनि एकठाउँमा बसेर पल्याँटी कसेर दुई हात जाेडेर जाेडदार आयु अझै लम्ब्याइदिन भलिभाँती आग्रह गरेर अब जान्छु भनेर दायाँबायाँ लाठाे / लाैराे छाता खाेजेँ । कुन बाठाेले लाठाे छाताे उछिट्यायाे पत्तै पाइन । धन्न छाेराकाे घर गाैशाला नजिकै थियोे र जेनतेन घर पुगेँ ।
अब हजारिया लाैराे छाता हराएकाे छाेरा बुहारीले चाल नपाउन भनेर घर टुप्लुक्क पुग्नेबित्तिकै घुप्लुक्क निदाइहाले । साँझमा नातिले खानाखान उठ्नु हजुरबा भन्याे। उठेर लुसुक्क पर्दै पिर्कामा टुसुक्क बसेँ । भात आयो । अप्सानी हालेर अब खाउँ भनेको त मुखमा दाँत पनि छैन । कस्तो दशा लागेर पशुपतिनाथ गएछु म आज । अगाडिको दाँत पनि फूलपातीसँगै पशुपतिनाथलाई नै पाे चढाएछु । हे भगवान ! केको दशा लाग्यो भने यसरी सुद्धि हराउछ ? लाठाे छाताे हराएकाे त बाठाे बनेर ढाकछाेप गरे अब दाँतै हराएपछि त आतै मर्दाे रहेछ । अब छाेरा बुहारीले भाेली मलाई कस्तो सजाए दिँदाहुन् भन्दै पशुपतिकाे पिरकाे भारी बाेकेर भाेलीकाे उज्यालो पर्खिदै सुख्खा सुकुलमा फेरि सुकला भएँ ।
बुढाबुढीहरुका लागि त दिनभन्दा रात नै फलदायी किनकि अहिलेसम्म रातिमा निन्द्राबाहेक बुढाबुढीकाे केही हराएको छैन तर दिउसोमा ज्ञातअज्ञात हजारथाेक हराउछ । न दुनियाले बुढाबुढीलाई मनपराउछ । हातखुट्टा आँत तेस्तै धर्मराउछ । साँच्चै भनिदिनुस् न पशुपतिनाथले कस्तो भक्तजनकाे भलाे गर्नुहुन्छ ? हे भगवान् ! लट्ठी त केही बर्ष नटेकाैला। छाता पनि नओढाैला । सक्कली दाँतले पनि साथ दिएन ।
हे प्रभु ! अरुसब हरण गरे पनि मेरो नक्कली दात चाहिँ फिर्ता गरिदेउ । अन्यथा याे उखर्माउलाे महंगीमा मैले दन्तेमाेहनी नलगाई कसरी गुजारा चलाउने ? हरिशरणम् ।
०००
फूलबारी ११ पाेखरा कास्की । फाेन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































