साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिसँग पुकारा

हे  प्रभु !  अरुसब हरण गरे पनि  मेरो नक्कली  दात  चाहिँ फिर्ता  गरिदेउ ।  अन्यथा याे उखर्माउलाे महंगीमा मैले दन्तेमाेहनी नलगाई  कसरी  गुजारा चलाउने  ?  हरिशरणम् ।

Nepal Telecom ad

शेषराज भट्टराई  :

बुढेसकालमा धर्म गर्नुपर्‍यो भनेर पशुपतिनाथकाे मन्दिर गए । गाैशालादेखि हिड्दै जानू पर्ने रहेछ ।  बादरबाट जाेगिदै छल्लिदै बल्लबल्ल हिँड्दै गएँ।  वर्षाकाे समय एकहातमा लाैराे छाता एकहातमा फूलपाती धुप अक्षता अबिर केशरी  र धतुराेकाे दाना बेलपत्र सहितकाे पलास्टिककाे झाेला काँधमा रामनामी र अर्को सानो पलास्टिककाे झाेलामा आफ्नोे अगाडिपटिकाे ४ वटा  पाेखरामा बनाएकाे पाल्कीदार नक्कली दाँत थियो ।

यी दात हल्का खुराक चपाउन साथै  बेलाबेलामा दन्तेमाेहनी लगाउन खुब काम लाग्छ । पशुपतिमा निकै लामो लाइन देखेर पहिलेनै हरेस खानमन लाग्यो ।  यसाे हेरे । भगवान पशुपतिकाे दर्शन गर्न नपाइ  दुई हात जाेडेर पुकारा गर्न नपाइ पुलिसले तानेर  गइहाल भन्दाे रहेछ । तेसरी त खै कसरी धर्मार्जन हाेला र भन्दै  लाइनमा उभिए। हिड्नु पर्दैन रहेछ । भक्तजनले ठेल्दै, बेल्दै, पेल्दै, घचेट्दै, अचेट्दै,  पशुपतिका चारढाेका चादिका भनेकै ठाउँमा पुर्याउदा रहेछन् । अनि भारतीय भट्टसँग भट्टराईको आखा झट्ट जुध्याे ।  यत्रा जिउदा नेपाली हुँदाहुँदै  कताबाट मरेका भट्ट ल्याका हाेलान् यी लुते  नेताले  भन्ठाने ।

मैले दिनै नपाइ भट्टले झट्ट मेरा हातबाट पलाष्टिकका झाेलाहरु थुतेर आराध्यदेव पशुपतिकाे थाप्लामा खन्याइहाल्याे । प्रहरीले  अरुले पनि हरिकाे दर्शन गर्नुपर्छ भन्दै मेरा खिनाउरा पाखुरामा समातेर निकालीहाल्याे । केबिधि घचाराे केबिधि घुइचाे । पल्याटी कसेर बसेर भगवान्को  पुजा गराैला भनेको अचेटेर मराैलाझै बनाए । लट्ठी टकटक बजाउँदै बाहिर निस्किएँ  । अनि एकठाउँमा बसेर पल्याँटी कसेर दुई हात जाेडेर जाेडदार आयु अझै  लम्ब्याइदिन भलिभाँती आग्रह गरेर अब जान्छु  भनेर दायाँबायाँ लाठाे / लाैराे  छाता खाेजेँ । कुन बाठाेले लाठाे छाताे उछिट्यायाे पत्तै  पाइन । धन्न छाेराकाे घर गाैशाला नजिकै थियोे र जेनतेन घर पुगेँ ।

अब हजारिया लाैराे छाता  हराएकाे छाेरा बुहारीले चाल नपाउन भनेर घर टुप्लुक्क पुग्नेबित्तिकै घुप्लुक्क  निदाइहाले । साँझमा नातिले खानाखान उठ्नु हजुरबा भन्याे। उठेर लुसुक्क पर्दै  पिर्कामा टुसुक्क बसेँ । भात आयो । अप्सानी हालेर अब खाउँ भनेको त मुखमा दाँत पनि छैन । कस्तो दशा लागेर पशुपतिनाथ गएछु म आज ।  अगाडिको दाँत पनि  फूलपातीसँगै पशुपतिनाथलाई नै  पाे चढाएछु । हे भगवान ! केको दशा लाग्यो भने  यसरी सुद्धि हराउछ ? लाठाे छाताे हराएकाे त बाठाे बनेर ढाकछाेप गरे  अब दाँतै हराएपछि त आतै मर्दाे रहेछ । अब छाेरा बुहारीले  भाेली मलाई कस्तो सजाए दिँदाहुन्  भन्दै पशुपतिकाे पिरकाे भारी बाेकेर भाेलीकाे उज्यालो पर्खिदै सुख्खा सुकुलमा  फेरि सुकला भएँ ।

बुढाबुढीहरुका लागि  त दिनभन्दा रात नै फलदायी  किनकि  अहिलेसम्म रातिमा निन्द्राबाहेक बुढाबुढीकाे केही हराएको छैन तर दिउसोमा ज्ञातअज्ञात हजारथाेक हराउछ ।  न दुनियाले बुढाबुढीलाई मनपराउछ ।  हातखुट्टा  आँत तेस्तै धर्मराउछ । साँच्चै भनिदिनुस् न  पशुपतिनाथले कस्तो भक्तजनकाे भलाे गर्नुहुन्छ  ?  हे भगवान् !  लट्ठी त  केही बर्ष नटेकाैला। छाता पनि  नओढाैला ।  सक्कली दाँतले पनि साथ दिएन ।

हे  प्रभु !  अरुसब हरण गरे पनि  मेरो नक्कली  दात  चाहिँ फिर्ता  गरिदेउ ।  अन्यथा याे उखर्माउलाे महंगीमा मैले दन्तेमाेहनी नलगाई  कसरी  गुजारा चलाउने  ?  हरिशरणम् ।

०००
 फूलबारी ११ पाेखरा कास्की ।  फाेन  ९८०६६७७५९४ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x