साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाडे बिरालो

घसी बोल्छ चिल्लो गरी म्याउँ म्याउँ छ चिन्ता कसोरी तँलाई धपाउँ सुरक्षार्थ कुत्ता भए पो खटिन्थ्यो !! कुनै काम लाग्दैन ढाडे बिरालो ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

यता फुत्त गर्दै उता फुत्त गर्दै
दही गुग्धका पात्र चाट्दै चहार्दै
घिच्यो मासु त्यो थाल घोप्ट्याइहाल्यो !
कताबाट आएछ ढाडे बिरालो !!

बडो टिठलाग्दो बनी म्याउँ गर्छ
दयाले मुसारे नि झ्वाम्मै चिथोर्छ
सफा देखियोस् बाह्य भित्री छ कालो !
कहाँ साधु होस् दुष्ट ढाडे बिरालो ।

मुसा कत्ति मार्दैन चोरेर खान्छ
लघारे बिरालीतिरै मात्र जान्छ!
कठै! छाउरा ताँत गाडेर खायो
असत्तीअसाध्यै छ ढाडे बिरालो ।

मुसा मार्न खोज्दैन मार्योल परेवा
कता जान्छ को को भनी गर्छ चेवा
अगेनो ढुकी खोस्रने कुर्छ पालो
खरानी उडाएर ढाडे बिरालो ।

भकारी छ फोहोर टट्टी गरेर!
भताभुङ्ग भो धान जम्मै छरेर
कहिल्यै खुलै छोड्न पाइन्न डालो
सबै अन्न खोस्रन्छ ढाडे बिरालो ।

छुचोमा छुचो यो छ बाँडेर खान्न
विनास्वार्थ आफू कसैसामु जान्न
भलो गर्न चाहन्न कैल्यै कसैको
सुधारेर सुध्रन्न ढाडे बिरालो ।

घसी बोल्छ चिल्लो गरी म्याउँ म्याउँ
छ चिन्ता कसोरी तँलाई धपाउँ
सुरक्षार्थ कुत्ता भए पो खटिन्थ्यो !!
कुनै काम लाग्दैन ढाडे बिरालो ।

०००
२०८२ वैशाख ३१ गते
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x