साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे खोला तँ बगाइदे !

चङ्खे श्यालहरु कुदेर कुखुरा खाई अघाइसके झोले धूर्तहरु निशाचर बनी जागे जगाइसके पिट्दै चप्पल भित्रिने जन स्वयम् छन् अर्बका मालिक पूजा धूप र आरती छ तिनकै गल्ती कहाँ ? के ठीक ?।

Nepal Telecom ad

त्रिलोचन आचार्य :

कालो बादल फैलिएर पथमा जालो सधैं लाउँछ
टालो भिर्न नपाउने गरीबको पालो कहाँ आउँछ ?
आस्थाका विकराल खण्डहरमा गालो छ के हाल यो ?
कैल्यै न्याय नपाउने समयको के चाल ? के चाल यो ?।१।

छन् नानी सब त्रस्तत्रस्त अहिले खै शान्ति बस्छे कहाँ ?
छन् कालो अनुहारका नदनदी बग्दै गरेका जहाँ
हावा डुल्दछ झन् प्रदूषित बनी धर्ती नहाँस्ने भयो
मान्छेकै अतिले विक्षिप्त मतिले मान्छे नबाँच्ने भयो । २।

सेवाका पथका सबै पसल छन् पेवा यिनै धूर्तका
टेवा पाउँछ खै कहाँ गरीबले मेवा यिनै दुष्टका
घोडा चढ्दछ राजनीति नबुझी भेडा दगुर्छन् पछि
बेडा पार हुँदैन बढ्दछ अझै नेपालको दुर्गति । ३।

राम्रो खोज्छु भनेर छान्नु छ सधैं हाम्रो यहाँ के भनौँ
डाम्रो फल्छ दिमागमै हर कुरा काम्रो कहाँ पो कसौं
लाम्रोको अब छैन खैरियत है दाम्रो सधैं बन्छ त्यो
चाम्रो बन्छु सहन्छु खै कति भनौं माम्रो नजुर्ने भयो ।४।

चङ्खे श्यालहरु कुदेर कुखुरा खाई अघाइसके
झोले धूर्तहरु निशाचर बनी जागे जगाइसके
पिट्दै चप्पल भित्रिने जन स्वयम् छन् अर्बका मालिक
पूजा धूप र आरती छ तिनकै गल्ती कहाँ ? के ठीक ?।५।

कैले पुग्दछ राजमार्गतिर खै हाम्राे व्यवस्था सव
झन्झन् भासिन जान्छ कि सरिभयो हाम्रो अवस्था अब
खाल्डोबाट निकाल्छ लौन कसले ? गन्तव्य गर्दै तय
अल्छीले कहिले लिने गहकिलो कर्तव्यको आश्रय ? ।६।

गर्ने लट्पट राख्दछन् किन सधैं ? छानेर भान्छेहरु
पर्ने वस्नु बनेर त्रस्त किन हो ? सम्पूर्ण मान्छेहरु
जान्छन् माथि सधैं सधैं किन अहो ? जाली लफङ्गाहरु
हे ! खोला तँ बगाइ दे ! विकृतिका माटो र ढुङ्गाहरु ॥७॥

०००
कपन, काठमाडौ
अभिव्यक्ति (फागुन-चैत २०८१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna nepal
krishna nepal
1 year ago

आहा सान्धर्विक लाग्यो जयहोस्👍️👍️👍️👍️👍️🌺🌹🙏💪।

Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x