साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चैते धान

यो चैते भनिने बस्तु पिरहा भो यो देशमा नेता राजनीति जस्तै भ्रष्ट व्यापार भेषमा मञ्च माइकमा जस्तो सञ्च हुन्न कतै पनि सहन्छ बिचरा खेती गर्ने किसान तैपनि !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हराए लौ हली गोरु ट्याक्टरै भो घरघरै
खेती खर्च ठूलो लाग्छ सकिन्न धान्न हे बरै
यसरी कसरी चल्छ किसानी जिन्दगी पनि
सोच्दैन राज्यले लौ न दुख पायौ कठै ! भनि ।

बिकेन चैतको धान भाउ छैन कतै पनि
लैजाउ लैजाउ भन्दा साहु मान्दैन तैपनि
सडेर जानेभो अन्न पानी पर्छ घरीघरी
लगानी लागेको खर्च उठाउनु कसोगरी ।

धानको भाउ ओर्लेर भुस चर्को भयो बरु
राजनीति कति मिठो खेती झर्को भयो बरु
कुहिन्छ गाउँको अन्न तरकारी कृषकको
बिदेशी अन्नले टन्न शहरी पेट भर्ती भो ।

यो चैते भनिने बस्तु पिरहा भो यो देशमा
नेता राजनीति जस्तै भ्रष्ट व्यापार भेषमा
मञ्च माइकमा जस्तो सञ्च हुन्न कतै पनि
सहन्छ बिचरा खेती गर्ने किसान तैपनि !

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x