साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुसतन्त्रको जरो

घरमा घुसको चर्चा चलेमा बन्द होस् अब विनाघुसले चाड मान्नुमा लाग्छ गौरव ।। भ्रष्टका पछि लागेर हिँड्नु बेकार हो जुनी भन्दछिन् आज आएर श्रीमती धन्य छिन् उनी ।।

Nepal Telecom ad

उत्तम विचार :

खानामा घुसको स्वाद भुलूँ म कसरी भन
ठान्दछ्यौ घुस खाएमा बन्छ सार्थक जीवन ।।

छिमेकी चढ्दछन् गाडी फेरिफेरी भनिन् अति
त्यसैले घुस खाएर खुसी राख्दछु श्रीमती ।।

महँगा गहना लाई होटेल धाउँछिन् उनी
यस्तै गरिगरी ठान्छिन् बिताउँला जुनी जुनी ।

खराबी कसको भन्नू बेला आएछ दुच्छर
नखाई घुस चल्दैन सहजै अबको घर ।।

कर्मचारी सदाचारी बनून् भन्दछ राज्यले
भ्रष्टाचारी भए ज्यादा सारा सम्यन्त्र नै ढले ।।

सुब्बाको घर देखाई गुनासो पोख्दछिन् उनी
सदाचारी भए मेरा श्रीमान् असाध्य बैगुनी ।।

सबैका श्रीमती यस्ता हुन्नन् अवश्य मान्दछु
घुस खानु महापाप हो पोल्छ भोलि जान्दछु ।।

घरमा घुसको चर्चा चलेमा बन्द होस् अब
विनाघुसले चाड मान्नुमा लाग्छ गौरव ।।

भ्रष्टका पछि लागेर हिँड्नु बेकार हो जुनी
भन्दछिन् आज आएर श्रीमती धन्य छिन् उनी ।।

चुसेर देशको रक्त अघाउन्नँ म सर्वदा
सादा जीवन बाँच्नेछु विचार उच्च होस् सदा ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttam Bichar
uttam Bichar
1 year ago

हार्दिक आभार ।

Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x