साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वासकाे घाउ

बगिरहेको पैतालामुनिकाे समयले बारम्बार कुत्कुति मात्र लगाउँछ हामीलाई असन्तुष्टिकाे सिर्कनाले दुखाएका विश्वासका घाउहरु फाल्तु सहमतिमा चहर्याइरहन्छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

माझ बजारमा उभिएर
हामी के पर्खिरहेका छाैँ ?
तिनीहरु आउँदैछन्
कुम हल्लाउँदै कुर्कुच्चा उचाल्दै
केही थान मान्छेहरु प…..र कुुनामा
कालाे झण्डा देखाउँने तयारी गर्दैछन्
केही थान मान्छेहरु वर
राताे तुल सजाउँदैछन्
केही थान मान्छेहरु गालीकाे निम्ति
शब्द चयन गर्दैछन्
सकेसम्म गाली मर्मान्त बनाेस्
कतै श्लिल कतै अश्लिल ।

हामी पर्खिरहेछाैं
आफ्नु रुप परिवर्तनको हाेसै नराखी पर्खिरहेछाैँ
कसरी अरुहरुकाे तेजाेबध हुन्छ
कसरी हाम्राे सरापले त्याे पछारिन्छ
त्यसकाे मृत्युको कामना गर्दै
हामी जिन्दावाद भन्दैछाैँ
हामी आफूलाई बचाउन
त्यसलाई मूर्दावाद भन्दैछाैँ ।

समयकाे दागा धरेर
समयलाई नै धारे हात गरेर
असमय समयलाई कुरिरहेछाैँ
असन्तुष्टिकाे धारिलाे बसिला चलाएर
समय तिखार्ने बहानामा
समयलाई नै मठुरिरहेछाैँ ।

बगिरहेको पैतालामुनिकाे समयले
बारम्बार कुत्कुति मात्र लगाउँछ हामीलाई
असन्तुष्टिकाे सिर्कनाले
दुखाएका विश्वासका घाउहरु
फाल्तु सहमतिमा चहर्याइरहन्छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x