साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यान पाेस्ने दाउ

देख्नुभएन र ! हाम्रो आमूल परिवर्तनकारी विचार हुर्किएर लम्किरहेको निकट भविष्यतिर नैतिक आदर्श र इमानकाे गाेरेटाेमा डाेजर चलाउने समताकाे गन्तव्य पुग्न नथाकी हिँडिरहेछौँ ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

अहिले म, मजस्तै छु
हिजोजस्तो छैन आज
खाेज्छु म आफैभित्र
केलाउँछु अन्तरकुन्तर छैन कतै
कसैले देख्याे कि हिजोकाे म
जीवित छैन साेध्ने आँट पनि
त्यो निश्छल अनुहार निर्मल मन
खै आज कहाँ गयाे किन गयाे कसरी गयो ?
हिजो म तिम्रो नजिकै थिएँ
वरिपरि डुल्ने घुम्ने सँगै हुन्थ्यो
तर आज !
आज याँमाकाे म साँच्चै भनूँ
तिमीलाई चिन्ने हैसियत छैन
हिजो मसँग तिमी थियौ र त
छलकपट, ठगी र धुर्त्याइँ थिएन
वरिपरि तिमी थियौ केवल तिमी
भञ्ज्याङ चौतारीमा भेट्न भेटिन बाधा थिएन
म आज अर्कै भएँ टड्कारो अर्कै
तिमी साेधौला खाेइ कहाँ छ
हिजाे गरेको बाचाबन्धन र प्रतिबद्धता अनि
अनि हिजो सँगसँगै हिँडेकाे बाटो ?
म विलासकाे घैंटाेभित्र पसेको सत्यलाई
लाजसँग पौठेजाेरी खेलाई खेलाई
ङिच्च दाँत देखाएर जिब्रो चपाउँदै
भन्छु आउनुस् कमरेड सँगै हिँडौँ
फेरि,
फेरि तिमीलाई शान्त रहन आग्रह गर्छु
हिजो त हिजो थियोे कमरेड
अब हामी आजसँग बाँच्नु पर्छ
हिजो जस्तो विचार विवेक र नैतिकताले
आजलाई बचाउँदैन कमरेड
यी आदर्श बौचाेमा लुकाएर
आजको खानपान र विलासी पाेखरीमा
सँगसँगै पसौं पौडौँ र खुसी साटौं
हिजोका बासी विषयमा अलमलिने फुर्सद हुन्न अब
अब त हामी उत्तरआधुनिक भइसक्यौं !
हामी हाेइन कमरेड !
तपाईं , मात्र तपाईं हाे कमरेड
उठाउन नमिल्ने गरी हिलाेमा पिठाेसरि पाेखिएकाे !
हामीले विचारको बिउ मासेर ज्यान पाेसेका छैनौं
तपाईंलाई पसिना गनाउन थाल्यो भन्दैमा हामी
कर्महीन विलासी र विचारहीन दरिद्र बन्न सक्तैनौं
ज्यान पाेस्ने दाउपेची खेलाडी बन्ने छैनौं
देख्नुभएन र !
हाम्रो आमूल परिवर्तनकारी विचार
हुर्किएर लम्किरहेको निकट भविष्यतिर
नैतिक आदर्श र इमानकाे गाेरेटाेमा डाेजर चलाउने
समताकाे गन्तव्य पुग्न नथाकी हिँडिरहेछौँ अविच्छन्न
नजिकै छ सङ्घार टेक्दै गरेको मिरमिरे आभा
उत्साहले देखाइरहेकाे छ प्रस्ट उज्यालाे !

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Asha
Asha
1 year ago

उत्कृष्ट लाग्यो। दोहोर्‍याएर पढे पनि सरको सबै लेखरचनाहरु पढ्ने गरेको छु😊🙏

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
1
0
Would love your thoughts, please comment.x
()
x