प्रा. कपिल अज्ञातगणतन्त्र तैंले के नापिस् ?
भोगविलासमा वर्तमान नारिस् स्वर्णिम भविष्य अन्धकार पारिस् दुःखदर्दबाट यहाँ कल्लाई तानिस् गणतन्त्र तँ आएर अरू के नापिस् !

प्रा. कपिल अज्ञात :
सिद्धान्त विचारहरू सब हापिस्
आफ्नै जहानको फोटो छापिस्
संघीयताले नेता भतुवा बनाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् !
आफ्नै गुट गिरोहको दल बनाइस्
आफ्नै आसेपासेका महल ठडाइस्
कतै भट्टी त कतै रिसोर्ट खुलाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् !
अनेक अनेक पदका पङ्क्ति बढाइस्
ऋणमाथि ऋणको थुप्रो चढाइस्
महँगा महँगा थुप्रै गाडी झिकाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् !
भोगविलासमा वर्तमान नारिस्
स्वर्णिम भविष्य अन्धकार पारिस्
दुःखदर्दबाट यहाँ कल्लाई तानिस्
गणतन्त्र तँ आएर अरू के नापिस् !
०००
गीति गुञ्जन (२०८१)








































गणतन्त्र व्यक्ति होइन, पद्धतिको नाम होला । पद्धतिलाई गाली गर्दा गाली गर्नुपर्ने फटाहाहरू यतै छुट्ने पो हुन् कि; सर!