भोलानाथ सुबेदीमुला
आफूलाई मुला ठान्यौ तिमीहरु अघाएर आफूलाई मुला बनायौ मुलाको विचार पनि मुलै हुँदो रहेछ। मुलाको विकास पनि मुलै हुँदो रहेछ।

भलादमी भोला :
तिमी मुलाहरूले हामी मुलाहरूलाई
मुखमा थुकेर रछ्यान बनायौ
हामी मुलाहरूले तिमी मुलाहरूलाई
बुथमा ठोकेर रित्तै बनायौ ।
हामी मुलाहरूसित स्वाभिमान छ।
तिमी मुलाहरूसित अभिमान छ।
हामीलाई भोको राखेर
तिमीहरू भान्सामा डकारिन गयौ
तिमीहरू आफू डकारियौ
हामीलाई चुठ्न लगायौ
हामीले थुक निलेर
आफूलाई मुला ठान्यौ
तिमीहरु अघाएर
आफूलाई मुला बनायौ
मुलाको विचार पनि मुलै हुँदो रहेछ।
मुलाको विकास पनि मुलै हुँदो रहेछ।
मुलै मुलाको साम्राज्यमा
तिमी मुलाभन्दा
हामी मुलाको हैसियत
माथि हुँदो रहेछ
मुलाको इज्जत जोगाउन नसक्ने
तिमीलाई के मुला भन्नु
बरु हामीलाई मुला भन
हामी मुला बन्न तयार छौं ।
०००
ओखलढुङ्गा
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest







































