साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौसठ्ठी चिन्तन

के हाल छ विश्व आज कसरी, चल्दै रहेको जहाँ । आफ्नै देश जहाँ छ युद्ध झगडा, जल्दै गरेको यहाँ । खै के सोच भयो अझै किन यहाँ, बुझ्दैन कोही नर। साच्चै मानिस हौ न हौ त मनुवा ! ऐले तिमी बानर ? ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

के होला यस देशमा अब यहाँ, नेता कुनै जान्दछ !
गर्दै नाटक झूट यी अगतिला, वैरी सधैँ बन्दछ।
पुग्ला के गतिमा छ चाल जसरी, दुष्कर्म चल्दै छ यो !
नाङ्गो नाँच भयो र देश अब खै ! बन्दै नबन्ने भयो।१।

भाषा मात्र छ भिन्न आज दलका, यौटै कुचेष्टा भए।
बोलीमा पनि क्यै अठोट नहुँदा, सङ्कल्प व्यर्थै रहे।
यो जापान हुने कुरा जब गरे, कैले गर्यो उन्नति !
लौ सिंगापुर नै भनेर पनि खै ,कैले भयो सद्गति !२।

कैले जङ्गल बास भो तर यहाँ, के भो त खै आखिर
कैले शासनमा पुगेर तिनले, खोजे सधैँ जागिर।
ऐले लड्दछ फेरि खान्छु म भनी, जन्ता तथा देश यो।
के सम्बृद्धि यहाँ छ यो मुलुकमा, खै शान्ति उद्घोष त्यो ! ।३।

नेता आज लिएर स्वार्थ यसरी,के देश यो बन्दछ !
आफैँ भित्र लडेर बस्छ अहिले, कल्ले कठै भन्दछ !!
यस्तै खल्बलमा सधैँ मुलुक भो, खै शान्ति सम्बृद्धि ल !
गर्दैछन् कुन काम आज गतिलो, जाँदैछ साह्रै तल ।४।

के के हाल छ विश्व आज कसरी, चल्दै रहेको जहाँ ।
आफ्नै देश जहाँ छ युद्ध झगडा, जल्दै गरेको यहाँ ।
खै के सोच भयो अझै किन यहाँ, बुझ्दैन कोही नर।
साच्चै मानिस हौ न हौ त मनुवा ! ऐले तिमी बानर ? ।५।

०००
भरतपुर चितवन
रचना मिति : २०७७/११/२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिपाही

सिपाही

हाेमनाथ घिमिरे
राष्ट्रियता !

राष्ट्रियता !

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x