पुरूषाेत्तम सिग्देलव्यापारको नाउँमा
कोही हिँडिरहेका छन् नयाँ संसारको नाउँमा
कोही भने पुरानो घाऊ उपचारको नाउँमा
अचानो स्वयम् अदालतमा हाजिर भएको छ
मुद्दा चलाउँछु भनेर आज तरवारको नाउँमा
त्यो मान्छेको मन कति दरिद्र भएको होला
आफ्नै श्रीमतीलाई बेच्यो व्यापारको नाउँमा
गरिब मजदुर भोकले मर्यो भने कुनै दिन
लाश पठाइनेछ सिधै त्यो सरकारको नाउँमा
तिम्रो यही तस्बिर मेरो साथमा हुनेछ सधैं
बाँकी रहेको जिन्दगी जिउने आधारको नाउँमा
खगेनकोट– ९, मंसिरी, जाजरकोट
Subscribe
Login
0 Comments
Oldest





































