सुलसुलेसाहित्यकार तथा पत्रकार तुलसीदास श्रेष्ठ सम्मानित
सुरुङ्गा । झापाका वरिष्ठ साहित्यकार तथा अग्रज पत्रकार तुलसीदास श्रेष्ठ सम्मानित भएका छन् । झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गरिएको हो । साहित्यकार तथा पत्रकार श्रेष्ठको नेपाली साहित्यिक क्षेत्रमा योगदान र पत्रकारिता यात्राको उच्च मूल्याङ्कन गर्दै सुरूङ्गा स्थित प्यारागन एकाडेमीको वार्षिक उत्सव तथा अभिभावक भेलामा उनलाई सम्मान गरिएको हो ।
सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चम्पा सुवेदीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा पूर्वाञ्चल प्याब्सनका उपाध्यक्ष गोविन्द लम्सालको प्रमुख आतिथ्य रहेको थियो । पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा झापा प्याब्सनका अध्यक्ष मिलनकुमार ढुंगाना, प्यासन झापाका उपाध्यक्ष तथा पशुपति आ.मा.वि.का प्राचार्य एल. पी. उप्रेती, बी.बी.सी. नेपाली सेवाका झापा प्रतिनिधि उमाकान्त खनाल, दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति खड्ग खरेल, अग्रज साहित्यकार तथा पत्रकार तुलसीदास श्रेष्ठ, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेव घिमिरे, पुण्यप्रसाद पौडेल, मित्रप्रसाद दाहाल, प्याब्सन झापाका कोषाध्यक्ष गौरीमान ठाकुर, प्याब्सन झापाका सदस्य भानु राजवंशी, केदारनाथ अधिकारी, हरिकुल नमुना उच्च मा. वि.का संस्थापक अध्यक्ष चन्द्र मैनाली, कनकाई उच्च मा.वि. सुरुङ्गाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाप्रसाद भेट्वाल, लागायत राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।
सम्मानित साहित्य सर्जक श्रेष्ठको एक शिक्षक उपन्यास– २०३५, अतित दोहोरिन्छ कथा सङ्ग्रह– २०५७, वर्तमान यस्तै छ कविता सङ्ग्रह– २०६० र आदर्श मान्छे उपन्यास– २०६१ गरी जम्मा ४ कृति प्रकाशन भएका छन् । कनकाई प्रतिभा प्रतिष्ठान, विवेचना दैनिक भद्रपुर, सहकार्य युवा क्लब सुरुङ्गा, जिल्ला शिक्षा कार्यालय झापा, नेपाल शिक्षक संगठन झापा तथा अन्य थुप्रै संघ संस्थाहरूबाट यस अघि नै सम्मानित तथा अभिनन्दित भई सकेका साहित्यकार तथा पत्रकार श्रेष्ठलाई यस पटक सो कार्यक्रममा सहभागी अतिथिहरूले उनको योगदानको कदर स्वरुप सम्मान गरेको एकाडेमीका प्रिन्सिपल लक्ष्मण सुवेदीले बताए ।
विद्यालयका शिक्षक कालीप्रसाद रेग्मीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक
गुरुप्रसाद मैनालीले गरेका थिए ।
–गौरव पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































