साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हा हा हा

Nepal Telecom ad

हा हा हा–ह ह हा–ह हा ह–ह ह हा–हा हा–कि हा हा गरी
हाँसे जीवन हाँस्छ छन्द लयमा हाँस्यो भने बेसरी
खोज्छन् दुःखहरू रुवाउन सदा हाँसेर टार्दिन्छु म
हा हा हाँसिरहन्छु रात दिन नै साह्रै हँसन्ते छु म ।

‘भारी दुःख छ हाँस्नुहुन्छ कसरी ?’ सोध्छन् मलाई कति
हाँसो लाग्छ सुनेर यी सब कुरा निस्कन्छ ‘हा हा’ अति
भन्छन् मानिस ‘देव पागल भयो’ सुन्दा खुसी हुन्छु म
हा हा हाँसिरहन्छु रात दिन नै साह्रै हँसन्ते छु म ।

पत्नी कर्कर गर्दछिन् सुनिरहूं झैं लाग्छ झन् गीत त्यो
हा हा हाँस्छु र थप्छु मै पनि मिठो हाँसेर सङ्गीत यो
हाँसेरै दिनरात जन्मिन पुगे यी बाल बच्चाहरू
गर्छन् यी झगडा म भन्छु शिशु हो बाजा बजाओ अरू ।

हाम्रो यो झगडा सुनेर रमिता हेर्छन् छिमेकी पनि
एक्लै हाँस्नु हुँदैन लाग्दछ अरूलाई हँसाऊँ भनी
हाँसौं हो जति सक्दछौं त्यति बढी हाँसी बनौं सुन्दर
हाँसौं दुस्ख परे नि आखिर भलो रोएर के हुन्छ र ?

कोलोराडो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x